जनवरी १ देखि सबै कागजपत्रविहिनहरु क्यालिफोर्नियामा नि:शुल्क स्वास्थ्य सेवाको लागि योग्य


प्रकाशित मिति : पुस १४, २०८० शनिबार

a woman in a white shirt holding a stethoscope

क्यालिफोर्निया कागजपत्रविहिन आप्रवासीहरूलाई निशुल्क स्वास्थ्य बीमा प्रस्ताव गर्ने पहिलो राज्य बनेको छ । जनवरी १ देखि कम आम्दानी भएका कुनै पनि उमेरका कागजपत्रविहिन आप्रवासीहरू संघीय मेडिकेड कार्यक्रमको क्यालिफोर्निया संस्करण मेडीक्यालका लागि योग्य हुने भएका छन् ।

यसभन्दा अगाडि कागजात नभएका आप्रवासीहरू व्यापक स्वास्थ्य बीमा प्राप्त गर्न योग्य थिएनन् तर सन् २०१४ देखि आय सीमा र क्यालिफोर्निया रेसिडेन्सी सहित योग्यता पूरा गरेमा मेडीक्यालअन्तर्गत आपतकालीन र गर्भावस्था सम्बन्धित सेवाहरू प्राप्त गर्न अनुमति दिइएको थियो । सन् २०१५ मा कागजातविहीन बालबालिकाहरू तत्कालीन गभर्नर जेरी ब्राउनले हस्ताक्षर गरेको बिल अन्तर्गत मेडी क्यालमा सामेल हुन सक्षम थिए।

सन् २०१९ गभर्नर गेभिन न्यूजमले जुनसुकै अध्यागमन स्थिति भएका १९देखि २५ युवा वयस्कहरूका लागि पूर्ण दायराको मेडीक्याल पहुँचको विस्तारको कानुनमा हस्ताक्षर गरेका थिए । जुनसुकै अध्यागमन स्टाटस भएका ५० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धाहरूलाई पूर्ण लाभहरू प्राप्त गर्न अनुमति दिन पहुँचलाई थप विस्तार गरिएको थियो ।

person in green crew neck long sleeve shirt wearing blue face mask

जनवरी १ मा लागू हुने अन्तिम विस्तारले २६ देखि ४९ बर्ष बीचका लगभग ७ लाख कागजात नभएका बासिन्दाहरूलाई पनि पूर्ण कभरेजको लागि योग्य बनाउनेछ।

ूमेडी क्याल अन्तरगत पहिले नै १४ दशमलव ६ मिलियन क्यालिफोर्नियाबासीहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ । यो राज्यको जनसंख्याको एक तिहाइ भन्दा बढी हो । प्रणालीमा ७ लाख ६४ हजार व्यक्तिहरू थप्दा समस्याहरू बढ्ने विपक्षीहरुको तर्क छ । यद्यपि अध्ययनहरूका अनुशार कागजपत्र नभएका आप्रवासीहरूले कम स्वास्थ्य सेवा स्रोतहरू प्रयोग गर्छन्।

अमेरिकामा लगभग ५० प्रतिशत कागजपत्र नभएका आप्रवासी वयस्कहरूले बीमा गरेका छैनन् । जबकि विमा नगरेका अमेरिकामा जन्मेका नागरिकहरु ८ प्रतिशतमात्र छन् । धेरैजसो कागजात नभएका वयस्कहरूले स्वास्थ्य लाभहरू प्रदान नगर्ने रोजगारदातासँग काम गर्छन् । साथै उनीहरुले संघीय कार्यक्रमहरूको लागि योग्यता प्रतिबन्धहरूको सामना गरिरहेका छन् । कागजात नभएका अप्रवासीहरूले योग्यता, भाषा चुनौतीहरू र डरको सामना गरिरहेका हुन्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com