नयाँ वर्ष मनाउनेहरुलाई न्युयोर्क सिटी स्वास्थ्य विभागका ५ स्वास्थ्य टिप्स


प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार

person holding fire cracker shallow focus photography

यस सप्ताहन्तमा नयाँ वर्षको पूर्वसन्ध्याको उत्सव सुरु हुँदा न्युयोर्क सिटीको स्वास्थ्य विभागले न्युयोर्कवासीहरूलाई आफ्नो र अरूको हेरचाह गर्न विभिन्न सुझावहरु दिएको छ । नयाँ बर्ष सुरक्षित रूपमा मनाउन न्युयोर्कका स्वास्थ्य आयुक्त डा अश्विन वासनले सुझाव दिएका छन् । उनले सावधानी अपनाउन र सुरक्षित रहनको लागि स्मार्ट निर्णयहरू गर्न सुझावहरु दिएका छन् ।

पहिलो, नयाँ बर्ष जसरी मनाएपनि कोभिड, फ्लु र श्वासप्रस्वासबाट सर्ने रोग फैलिन नदिन खोप लगाउन, घरमै बस्न र आफूलाई ठिक नभएको खण्डमा परीक्षण गर्न सुझाव दिइएको छ । त्यस्तै बारम्बार हात धुन स्मरण गराइएको छ । फ्लूको शट जस्तै एकै समयमा कोभिडविरुद्धको खोप प्राप्त गर्न सुरक्षित रहेको उल्लेख गरिएको छ ।

दोश्रो, यदि तपाइँ यौनसम्पर्क गर्दै हुनुहुन्छ भने सुरक्षित यौन रणनीतिहरू छनौट गर्नुपर्छ । एचआईभी रोकथामका लागि कन्डम लगाउने, प्रेप र आपतकालिन प्रेपहरु प्रयोग गर्नुपर्छ । त्यस्तै यौनसम्पर्कबाट सर्ने संक्रमणहरु रोक्नको लागि डक्सी पेप प्रयोग गर्नुपर्छ । न्युयोर्क सिटीका यौन स्वास्थ्य क्लिनिकहरूले व्यक्तिको अध्यागमन स्थितिलाई ध्यान नदिई १२ वर्ष वा सोभन्दा माथिका जो कोहीलाई पनि कम लागतमा एचआईभी र यौनसम्पर्कबाट सर्ने संक्रमणबारे सेवाहरू प्रदान गर्दछ।

यदि तपाइँ रक्सी पिउदै हुनुहुन्छ भने कति पिउने र घरमा कसरी सुरक्षित पुग्ने भन्नेबारे पहिले नै योजना बनाउनुपर्छ । यदि तपाईं हिड्न सक्षम हुनुहुन्न भने तोकिएको चालक, सार्वजनिक यातायात वा ट्याक्सी प्रयोग गर्नुहोस्। पहिले डिनर खानुहोस् र त्यसपछि साँझभर स्न्याकको आनन्द लिनुहोस्। हाइड्रेटेड रहनको लागि अल्कोहल नभएका पेय पिउनुहोस्। कुनै औषती लिइरहनुभएको भए रक्सी पिउँदा शरीरमा अल्कोहलको प्रभाव बढ्ने नबढ्ने कुरामा ध्यान दिनुहोस्।

यदि तपाइँ लागूपदार्थ प्रयोग गर्दै हुनुहुन्छ भने एक्लै प्रयोग नगर्नुहोस्। तपाईले लागु पदार्थ प्रयोग गर्दै हुनुहुन्छ भन्ने थाहा पाएको र आपतकालिन अवस्थामा ९११ मा फोन गर्न सक्ने व्यक्तिसँग ओभरडोज सुरक्षा योजना बनाउनुहोस् । यदि तपाईं एक्लै प्रयोग गर्दै हुनुहुन्छ भने प्रयोग गर्नु अघि १ ८७७ ६९६ १९९६ हटलाइनमा कल गर्नुहोस् ताकि कसैले फोन मार्फत तपाईंको सुरक्षा निगरानी गर्न सकुन्। यदि तपाइँ लागूपदार्थ प्रयोग गर्नुहुन्छ भने पहिले थोरै मात्रा प्रयोग गर्नुहोस्।

लागूपऔषधहरु नमिसाउनुहोस् । लागूऔषध र अल्कोहल पनि नमिसाउनुहोस् । रक्सी सहित विभिन्न लागूऔषधहरू सँगै प्रयोग गर्दा तपाईंको ओभरडोजको जोखिम बढ्छ। यदि मिसाउने नै हो भने विस्तारै र पहिले थोरै थोरैमात्र प्रयोग गर्नुहोस्।

लागूऔषध प्रयोग गरेपनि नगरेपनि साथमा नालोक्सोन बोक्नुहोस् । यो एक सुरक्षित औषधि हो जसले फेन्टानिल ओभरडोजलाई उल्टाउन सक्छ। यदि तपाइँ लागूऔषध प्रयोग गर्दै हुनुहुन्छ भने नालोक्सोन बाहिरै देखिनेगरी राख्नुहोस् । यदि ओभरडोज भएमा यसलाई अरुले फेला पार्न र तपाईलाई दिन पछि मद्दत गर्न सक्छन् ।

शक्तिशाली ओपियोइड फेन्टानिल सामान्यतया हेरोइन वा डोपको रूपमा बेच्ने औषधिहरूमा पाइन्छ। यो कोकेन, केटामाइन, मेथाम्फेटामिन, बेन्जोडायजेपाइनहरू, ओपियोइड दुखाइ निवारकहरू सहित गैर औषधि स्रोतहरूबाट पाइने चक्कीहरूमा पनि पाइन्छ । फेन्टानिल भएको लागुऔषध प्रयोग गर्ने जो कोहीको लागि ओभरडोजको जोखिम हुन्छ। लागुऔषध पचाउने क्षमता कम भएका व्यक्तिहरूमा पनि फेन्टानिल ओभरडोजको उच्च जोखिम हुन्छ। यदि कोही ओभरडोज भएको देख्नुभएमा पनि तुरुन्तै ९११ मा फोन गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com