अब तलाक भनेर सम्बन्ध विछोड गर्न नपाइने


प्रकाशित मिति : भाद्र ६, २०७४ मंगलबार

नयाँ दिल्ली, ६ भदौ । भारतको एक उच्च अदालतले भारतीय मुस्लिम समुदायका पुरुषले विवाह र सम्बन्ध विच्छेदका सम्बन्धमा गर्ने गरेको एक विवादास्पद निर्णयलाई खारेज गरिदिएको छ ।

यस समुदायका पुरुषले तीन पटकसम्म तलाक शब्द प्रयोग गरेपछि आफ्नी श्रीमतीसँग अलग हुने र सम्बन्ध विच्छेद नै गर्न पाउने धार्मिक मान्यता रही आएको थियो ।

यसलाई उनीहरुले कानुनी मान्यताकै रुपमा पनि अभ्यास गर्दै आएका थिए । तर आज उक्त प्रावधानलाई अदालतले खारेज गरिदिएको छ ।

भारतीय सर्वाेच्च अदालतको आजको इजलासले यसरी तीन पटकसम्म तलाक गरेर श्रीमतीलाई तुरुन्तै सम्बन्ध विच्छेद गर्न पाउने गरी गरिएको यो अभ्यास धार्मिक हिसाबले गरिएको पनि होइन र यसले भारतीय संविधानको पनि उल्लङ्घन गरेको फैसला सुनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आजको उक्त फैसलामा पाँच न्यायाधीश थिए । ती पाँच न्यायाधीश हिन्दू, इस्लाम, सिख, क्रिश्चियन र जोरोआस्त्रानियम धर्मका रहेका थिए ।

उनीहरुले विगत लामो समयदेखि गहन अध्ययन गरी उक्त पैmसला सुनाएको बताइएको छ । उनीहरुले एकतर्फी रुपमा पुरुषले मात्र सम्बन्ध विच्छेद गर्न पाउने गरी गरिएको यो अभ्यासले महिलामाथि हिंसा नै गरेको ठहर गरेको छ ।

उक्त फैसलामा भनिएको छ– पाप के हो भन्ने धार्मिक आश्थामा लेखिएका वा भएका कुरा कानुनको आँखामा मान्य नहुन पनि सक्छन् ।

विवादास्पद निर्णयलाई उच्च अदालतले गरेको खारेजलाई एक ऐतिहासिक निर्णय भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ट्वीटरमार्फत बताउनु भएको छ । उहाँ गर्नु भएको ट्वीटमा ट्रिपल तलाक सम्बन्धि यो फैसला ऐतिहासिक भएको बताउनु भएको छ ।

यसले फैसलाले मुस्लिम महिलाहलाई समानताको अधिकार दिएको र महिला सशक्तिकरणको दिशातर्फ यो मजबूत कदम भएको पनि मोदीले बताउनु भएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com