टेक्सासमा दिनभरका ४ गोलीकाण्डमा ६ जनाको मृत्यु र तीन घाइते, संदिग्ध हिराशतमा


प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार

मङ्गलबार टेक्सासका दुई काउन्टीहरूमा ६ जनाको ज्यान जाने गोलीकाण्डपछि संदिग्धलाई हिरासतमा लिइएको अधिकारीहरुले बताएका छन् । घटनामा तीन जना भन्दा बढी घाइते भएका छन् ।

पुरुष संदिग्धलाई हत्याको आरोप लगाइएको छ भने थप आरोपहरू विचाराधीन रहेको अस्टिन अन्तरिम प्रहरी प्रमुख रोबिन हेन्डरसनले मंगलबार राति पत्रकार सम्मेलनमा बताएका छन् । संदिग्ध व्यक्ति वा उनको मनसायबारे कुनै विवरण जारी गरिएको छैन।

अस्टिनमा पौने ११ बजे बाचम्यान ड्राइभको ७२ सय ब्लकमा गोलीकाण्ड सुरु भएको थियो, जहाँ अस्टिन इन्डिपेन्डेन्ट स्कूल जिल्ला प्रहरी अधिकारीलाई गोली हानिएको थियो । घटनामा ती अधिकारी घाइते भएका थिए ।

त्यसको एक घण्टा पछि प्रहरीले ७३०० श्याडी वुड ड्राइभमा भएको गोलीकाण्डमा एक पुरुष र महिला मारिएको जानकारी प्राप्त गरेका थिए । तेस्रो गोलीकाण्ड साँझ ५ बज्नै लाग्दा भएको थियो । ५७०१ वेस्ट स्लाटर ल्यानमा एक पुरुष साइकल चालकलाई गोली हानिएको थियो भने उनी घाइतेमात्र भएका थिए ।

साँझ ६ बजेर ४५ मिनेटमा चौथो गोलीकाण्ड भएको थियो । एक अस्टिन पुलिस अधिकारीले अस्ट्रल लुपको ५३०० ब्लकमा भइरहेको चोरीको प्रतिकृया दिए पछि उक्त गोलीकाण्ड भएको थियो । संदिग्ध व्यक्तिले निवासको पछाडिको आँगनमा प्रहरी अधिकारीलाई गोली हानेको जनाइएको छ । घाइते अधिकारीले जवाफी फायर गर्दै कभर खोजेका थिए । ती प्रहरी अधिकारीको पनि अस्पतालमा जोखिममुक्त अवस्थामा उपचार भइरहेको छ ।

संदिग्धलाई गोली नलागेपछि गाडीमा घटनास्थलबाट भागेको थियो । तर प्रहरी अधिकारीहरुले संदिग्धको खोजी गर्न थालेपछि उसले गाडी दुर्घटना गराएको थियो । त्यसपछि उसलाई हिरासतमा लिइएको थियो । प्रहरीले रिपोर्ट गरिएको चोरीको घरमा तलास गर्दा थप दुई जना पीडितहरू मृत फेला पारेका थिए ।

समाचारका प्रयोग गरिएका तस्वीरहरु सांकेतिक हुन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com