बाइडेन भन्छन् – ‘ट्रम्प चुनावी दौडमा नभएको भए मैले उम्मेदबारी नदिन पनि सक्थें’


प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार

US President Joe Biden holds a joint press conference with Canada’s Prime Minister Justin Trudeau, not pictured, at the Sir John A. Macdonald Building in Ottawa, Canada, on March 24, 2023. (Photo by ANDREJ IVANOV / AFP)

यदि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको लागि अभियान सुरु नगरेको भए आफूले दोस्रो कार्यकाल नखोज्न सक्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् । तर ट्रम्पलाई जित्न नदिनका लागि आफूले उम्मेदबारी दिनैपर्ने अवस्था आएको उनले बताएका छन् ।

ट्रम्पको दोस्रो कार्यकालले अमेरिकी लोकतन्त्रलाई खतरामा पार्नेबारे बाइडेनले कडा शब्दमा टिप्पणी गर्ने क्रममा उनको यो भनाई आएको हो । गत महिना ८१ वर्ष पुगेका बाइडेनले आफ्नो उमेरको बारेमा डेमोक्र्याटिक पार्टीको चिन्तालाई कम गर्ने प्रयासहरु समेत गरिरहेका छन् ।

सर्वेक्षणहरुले अर्को वर्ष बाइडेन र ट्रम्पको बीचमा कडा प्रतिस्पर्धा हुने देखाएका छन् । बाइडेनको अभियानले भने सर्वेक्षणहरुलाई अस्वीकार गरेको छ । मतदाताहरूले चुनावी दौडमा ध्यान केन्द्रित गर्न थालेपछि बाइडेन विजयी हुने उनीहरुको तर्क छ । विशेष गरी यदि ट्रम्प उम्मेदवार भएमा अमेरिकीहरूले सीधा दुई उम्मेदवारहरूको तुलना गर्न थाल्ने बाइडेनको अभियानको विश्वास छ ।

यस बीचमा बाइडेनले ट्रम्पको उम्मेदवारीलाई देशको लागि अस्तित्वको खतराको रूपमा प्रस्तुत गर्न खोजेका छन्। ट्रम्पले अमेरिकी लोकतन्त्रलाई ध्वस्त पार्न र धेरै अमेरिकीहरूको मौलिक अधिकारहरू हटाउन खोजिरहेको बाइडेनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार बोस्टन क्षेत्रमा फण्डरेन गर्ने क्रममा राष्ट्रपति बाइडेनले गर्भपतनमा ट्रम्पले राख्ने प्रतिबन्धहरूको बारेमा चेतावनी दिए भने सस्तो हेरचाह ऐन रद्द गर्ने ट्रम्पको वाचामा जोड दिए। ट्रम्पले आफ्ना राजनीतिक शत्रुहरूलाई सन् १९३० को दशकमा जर्मनीमा नाजीहरु सत्तामा आएको बेला प्रयोग गरिएको भाषा प्रयोग गरेको कुरालाई बाइडेनले उठाएका छन् ।

बाइडेनले आफ्नो उमेरका बारेमा पनि बोलेका छन् । सर्वेक्षण अनुशार धेरै डेमोक्र्याटिक मतदाताहरू बाइडेनको उमेरका बारेमा चिन्तित छन्। सन् २०२० को चुनावमा आफ्नै उमेरजति अर्थात् ८१ मिलियन भोट पाएको भन्दै बाइडेनले ठट्टा गरे । राष्ट्रपतिले दोस्रो फन्डरेजरमा यस्तै मजाक गरे।

बाइडेनको उम्मेदवारीले पछिल्ला हप्ताहरूमा नयाँ प्रश्नहरूको सामना गरेको छ । किनकि सर्वेक्षणहरू अनुशार उनको २०२० को विजयका लागि महत्वपूर्ण युवा मतदाताहरूले बाएइडेनको इजरायल हमास युद्धको ह्यान्डलिंगलाई अस्वीकार गरेका छन् ।

केही मुस्लिम अमेरिकी र अरब समूहहरूले पनि आफ्ना समुदायहरूलाई २०२४ मा बाइडेनलाई समर्थन नगर्न आग्रह गर्न थालेका छन्। मुस्लिम र अरबहरू ठूलो मतदाता समूह नभए पनि तिनीहरूको भोटले मिशिगन जस्ता कडा प्रतिस्पर्धा भएका राज्यहरूमा प्रभाव पार्नसक्छ , जसमा अरब अमेरिकीहरूको बढ्दो संख्या छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com