बझाङमा नयाँ भुकम्प


प्रकाशित मिति : भाद्र ६, २०७४ मंगलबार

भाद्र ६, २०७४

बझाङमा ४ दशमलभ ९ म्याग्नीच्युटको भुकम्प गएको छ । आज विहान ६ बजेर ३५ मिनेटमा भुकम्प भएको भुकम्प मापन केन्द्रले जनाएको छ । यो परकम्प नभई नयाँ भुकम्प रहेको केन्द्रले पुष्टि गरेको छ । भुकम्प क्षतिको विवरण अहिले सम्म प्राप्त भएको छैन ।

हिजो मात्रै दोलाखालाई केन्द्रविन्दु बनाएर ४ दशमलभ ६ म्याग्नीच्युटको परकम्प गएको थियो । हिजो  बेलुका ५ बजेर ४८ मिनेटमा २०७२ बैशाख १२ मा गएको गोरखा भुकम्पको परकम्प भएको भुकम्प मापन केन्द्रको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com