छिटो काम सकाउन न्युयोर्क एसाइलम अफिसले अधिकांशको एसाइलम आवेदन अस्वीकृत गर्ने गरेको खुलासा


प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार

न्युयोर्कमा रहेको युएससीआईएसको एसाइलम अफिसले समयको वचत गर्नका लागि स्वीकृत हुनुपर्ने आवेदनपनि अस्वीकृत गरेर अध्यागमन अदालतमा पठाउने गरेको एक अनुसन्धानले दावी गरेको छ । ब्रुकलिन कानून स्कूलमा सेफ हार्बर क्लिनिकले सार्वजनिक गरेको एक रिपोर्ट अनुशार न्युयोर्क एसाएइलम अफिसले वैध एसाइलमका दावीहरू पनि केवल समय बचत गर्न अस्वीकार गरिएको उल्लेख गरिएको छ ।

न्युयोर्क एसाइलम अफिसका एसाइलम अधिकारीहरू एक निष्क्रिय चक्रमा फसेको आफूहरुले फेला पारेको रिपोर्टमा उल्लेख छ । न्युयोर्कका एसाइलम अधिकारीहरुले अत्यन्तै कम दरमा मात्र एसाइलम स्वीकृत गर्दै आउनुको कारण एसाइलम स्वीकृत गर्नभन्दा अस्वीकृत गरेर अध्यागमन अदालतमा रिफर गर्दा कम सयम लाग्ने भएको जनाइएको छ । एसाइलम आवेदकको दावी स्वीकृत हुन योग्य भएतापनि समयको वचतका लागि यसो गर्ने गरेको पत्ता लागेको रिपोर्टमा जनाइएको छ ।

न्युयोर्कका पूर्व एसाइलम अधिकारीहरूले उनीहरूलाई दण्डित जस्तो र अवास्तविक गतिमा काम गर्नुपर्ने बाध्यता रहेका कारण त्यसलाई कायम नगरेमा जागिर गुमाउने खतरा समेत रहेको बताएको रिपोर्टमा उल्लेख छ । यदि उनीहरुले तीब्र गतिमा काम गर्न नसकेमा जागिर नै जोखिममा पर्ने भएकाले तथा स्वीकृत गर्दा धेरै समय लाग्ने भएकाले यस्तो भयंकर अवस्था श्रृजना भएको रिपोर्टमा उल्लेख छ ।

Asylum court

न्युयोर्कको एसाइलम कार्यालयले एसाइलम अधिकारीहरूलाई सकेसम्म चाँडो काम गर्न दबाब दिने गरेको र सोही आधारमा शरण अधिकारीको मूल्याङ्कन गर्ने भएकाले अधिकारीहरुले कामको गतिमा ध्यान दिनुपर्ने बाध्यता उत्पन्न भएको तथा यो गतिका कारण न्युयोर्कको एसाइलम कार्यलयमा डरको संस्कृति सिर्जना भएको रिपोर्टमा जनाइएको छ । रिपोर्ट अनुशार न्युयोर्क एसाइलम कार्यालयमा काम गर्ने पूर्व अधिकारीहरुले आफ्नो जागिर गुमाउने निरन्तर धम्कीमा काम गरेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै अन्तर्वार्ताको क्रममा न्युयोर्कका एसाइलम अधिकारीहरू शरणका लागि दिइएका आवेदन केबल अध्यागमन अदालतमा मुद्दा रिफर गर्न बहाना मात्र खोज्ने कानुन व्यवसायीहरुको आरोप छ । धेरै पूर्व एसाइलम अधिकारी र अध्यागमन वकिलहरुका अनुशार शरण अधिकारीहरूले तीन प्रकारका विसंगति स्थापित गर्न सकेको खण्डमा मात्र मुद्दाहरु अध्यागमन अदालतमा रिफर गर्न पाउँछन् । त्यसैले एसाएलम अधिकारीहरुले तीन बुँदा स्थापित गरेर मुद्दा अदालतमा पठाउनमा ध्यान केन्द्रित गर्दै आएको रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुशार केही पूर्व न्युयोर्कका एसाइलम अधिकारीहरुले आफूहरु काममा दयनीय अवस्थामा रहेको र समयको दबाबको कारण वैध दावीहरू समेत अस्वीकार गर्नुपर्दा गल्ती गरेको बोधका साथ काम गर्नुपरेको बताएका छन् । यदि एसाइलम स्वीकृत गर्नका लागि बहस गरेमा र समयसिमाबारेको कडा नियम पालना गर्न अस्वीकार गरेमा त्यस्ता एसाएइलम अधिकारीहरुलाई एक वर्षको परीक्षण अवधिमा नै व्यवस्थापनले कामबाट निकाल्ने वा काममा नै राखेपनि निरुत्साहित बनाएर राख्ने गरेको समेत रिपोर्टमा उल्लेख छ । जसका कारण धेरैले जागिर छाड्ने वा अरु एसाइलम कार्यालयमा सरुवा लिने गरेको जनाइएको छ ।

रिपोर्टको पूर्ण पाठ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com