अमेरिका र क्यानडाको स्थलनाका नजिक विष्फोटपछि यात्रुका लागि त्यस क्षेत्रका सबै नाका बन्द


प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार

अमेरिका र क्यानडाको सिमाक्षेत्र

आज विहान नियाग्रा फल्स क्षेत्रमा अमेरिका र क्यानडाको सिमानामा रहेको रेन्बो ब्रिज स्थल नाकाको छेउमा विस्फोट पछि पीस, रेन्बो र लेविस्टन- क्विन्स्टन स्थल नाकाहरु बुधबार यात्रुहरुका लागि कैयन घण्टासम्मका लागि बन्द गरिएको थियो भने घटनाको अनुसन्धान जारी छ।

यद्यपि क्षेत्रीय विमानस्थलहरू सुरुमा पूर्ण रूपमा सञ्चालनमा भएपनि बफेलो अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरूको लागि आवागमन बन्द गरिएको थियो भने थप सुरक्षा जाँचहरू पनि लागू गरिएको छ । अहिले पनि अन्तर्राष्ट्रिय उडानहरु सुचारु भइसकेका छन् ।

अमेरिका र क्यानडा बीचको रेन्बो ब्रिजमा भएको विस्फोट आतंकवादी हमला भएको कुनै सङ्केत नभएको न्यूयोर्कका गभर्नर क्याथी होकुलले बुधबार बताएकी छिन् । विस्फोटमा दुई जनाको मृत्यु भएको थियो ।

अनुसन्धानकर्ताहरुका अनुशार एक व्यक्ति कारमा आफ्नी पत्नीसँग उच्च गतिमा यात्रा गरिरहेको थियो । जब गाडीले कर्बलाई ठक्कर दियो, त्यसपछि गाडी हावामा हुत्तिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त व्यक्ति सुरुमा क्यानाडामा किस कन्सर्टमा भाग लिने योजनामा थियो तर त्यो रद्द भएपछि उक्त व्यक्ति अमेरिकाको क्यासिनोमा गएको अनुसन्धानकर्ताहरूले विश्वास गरेका छन् । दम्पतीले क्यासिनो छोडेको केही समय पछि दुर्घटना भएको जनाइएको छ ।

सामाजिक सञ्जालमा र निगरानी क्यामेराको फुटेजमा बाक्लो धुवाँ र आगो निस्किरहेको देखाइएको थियो । बुथमा रहेका एक सीमा गस्ती कर्मचारीलाई पनि सामान्य चोट लागेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com