आज नेपालमा हुनसक्ने प्रदर्शनलाई लिएर नेपालमा रहेका अमेरिकी नागरिकलाई दूतावासका ६ सुझाव


प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार

आज नेपालमा हुनसक्ने प्रदर्शनलाई लिएर नेपालमा रहेका अमेरिकी नागरिकलाई अमेरिकी दूतावास काठमाडौंले विभिन्न ६ सुझाव दिएको छ । अमेरिकी दूतावास काठमाडौंले एक सुरक्षा अलर्ट जारी गर्दै नेपालमा रहेका अमेरिकी नागरिकहरुलाई सचेत गराएको हो । यस्तो अलर्ट काठमाडौंसहित नेपालभरका लागि जारी गरिएको छ ।

नेपाली संचारमाध्यमहरुले नोभेम्बर २३ मा काठमाडौंमा प्रदर्शन हुने र देशको बाँकी भागमा साना र्यालीहरू हुने अपेक्षा गरिएको समाचार प्रशारण गरिरहेको तथा विगतका प्रदर्शनहरूमा काठमाण्डौमा ट्राफिक अवरोध हुने गरेको र नेपाल प्रहरीले गैर घातक भीड नियन्त्रण उपायहरूको प्रयोग गरेको भन्दै दूतावासले अमेरिकी नागरिकलाई सचेत गराएको छ ।

प्रदर्शनहरू दक्षिणी काठमाडौंको बल्खु र तिनकुने क्षेत्रमा हुने अपेक्षा गरिएको भएपनि कुनै पनि प्रदर्शनको स्थानहरू परिवर्तन वा यी क्षेत्रहरू बाहिर जानसक्ने तथा प्रदर्शनहरू बिहान ११ बजे सुरु भई बेलुका ५ बजेसम्म चल्ने अपेक्षा गरिएतापनि यो समयभन्दा सुरु वा अन्त्य हुनसक्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी नागरिकलाई प्रदर्शन भएका क्षेत्रहरू तिर नजान, ठूला जमघटको वरपर अप्रत्याशित रूपमा सावधानी अपनाउन, आफ्नो वरपरको बारेमा सचेत रहन, लो प्रोफाइलमा रहन, आफ्नो व्यक्तिगत सुरक्षा योजनाहरूको पुनरावलोकन गर्न र अपडेटहरुका लागि स्थानीय मिडियाबाट जानकारी प्राप्त गर्न सचेत गराइएको छ । थप सहायताका लागि अमेरिकी दूतावास काठमाडौंको नियमित वा आपतकालिन नम्बरमा फोन गर्न वा इमेल गर्न सकिनेछ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com