अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा काम गर्न आउनेलाई सहज ग्रिनकार्डका लागि प्रकृया सुरु


प्रकाशित मिति : कार्तिक २३, २०८० बिहीबार

white and black typewriter with white printer paper

अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा काम गर्न आउनेलाई सहज ग्रिनकार्डका लागि प्रकृया सुरु गरिएको छ । यसबारे राष्ट्रपति जो बाइडेनले नयाँ कार्यकारी आदेश जारी गर्दै विदेशी आर्टिफिसियल इन्टेलिजेन्स प्रतिभालाई आकर्षित गर्न र कायम राख्न पहलहरू सुरु गर्नका लागि संघीय एजेन्सीहरूलाई निर्देशन दिए लगत्तै डिपार्टमेन्ट अफ लेबरले यसको प्रकृया सुरु गरेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स एआईबारे अक्टोबर ३० को कार्यकारी आदेशमा अध्यागमन सम्बन्धित धेरै प्रावधानहरू समावेश थिए, जसमध्ये एउटा आर्टिफिसियल इन्टेलिजेन्स तथा सम्बन्धित तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित सम्बन्धित अन्य पेशाहरू पहिचान गर्ने उद्देश्यले सार्वजनिक प्रतिकृया माग गर्न ४५ दिन भित्र जानकारीको लागि अनुरोध प्रकाशित गर्न निर्देशन दिइएको थियो ।

डिपार्टमेन्ट अफ लेबरले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित सम्बन्धित तथा अन्य पेशाहरूको लागि सुव्यवस्थित ग्रीन कार्ड योग्यतामा सार्वजनिक प्रतिक्रियाको आव्हान गर्ने भएको छ । सुव्यवस्थित रुपमा ग्रिनकार्ड प्रकृयाका लागि योग्य पेशाहरूको अनुसूची ए सूचीको सम्भावित विस्तारका लागि डिपार्टमेन्ट अफ लेबरले आफ्नो प्रस्ताव व्यवस्थापन र बजेटको कार्यालयमा समीक्षाको लागि पेश गरेको छ।

प्रस्तावले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित सम्बन्धित तथा अमेरिकी कामदारहरू कम आपूर्तिमा रहेका अन्य पेशाहरू समावेश गर्न अनुसूची ए को सम्भावित विस्तारका लागि निकट भविश्यमा नै सार्वजनिक टिप्पणीको आव्हान गर्ने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यमान नियमहरू अन्तर्गत कम आपूर्तिमा रहेको अनुसूची ए मा पहिचान गरिएका पेशाहरूमा ग्रिनकार्ड आवेदन दिंदा श्रम बजार परीक्षणबाट गुज्रनु पर्दैन । साथै स्थायी श्रम प्रमाणीकरण आवेदन प्रक्रिया पनि आवश्यक नपर्न सक्छ । जसले रोजगारीमा आधारित ग्रिनकार्ढ प्राप्त गर्नको लागि समग्र टाइमलाइनलाई उल्लेखनीय रूपमा घटाउँछ ।

अनुसूची ए ले हाल केही स्वास्थ्य सेवा पेशाहरू र असाधारण क्षमता भएका व्यक्तिहरूलाई मात्र समेट्छ । यो सूचीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित सम्बन्धित तथा अन्य कामदारको अभाव भएमा व्यवसायहरूमा विस्तार गर्ने सम्भावनाले रोजगारदाताको स्पोन्सरमा हुने ग्रिन कार्ड प्रक्रियालाई सुव्यवस्थित गर्ने दिशामा महत्त्वपूर्ण कदमको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।

एक पटक व्यवस्थापन र बजेटको कार्यालयबाट क्लियरेन्स प्राप्त भएपछि डिपार्टमेन्ट अफ लेबरले फेडरल रजिष्टरमा सुचना प्रकाशित गरेर सार्वजनिक टिप्पणीको लागि अनुरोध गर्नेछ । र सार्वजनिक टिप्पणीहरू पेश गर्ने समयसीमा तय गर्नेछ। बाइडेनको कार्यकारी आदेशले डिपार्टमेन्ट अफ लेबरलाई डिसेम्बर १४ सम्म सार्वजनिक प्रतिकृयाको लागि अनुरोध प्रकाशित गर्न आह्वान गरेको छ ।

जनताको प्रतिकृयालाई विचार गरेपछि डिपार्टमेन्ट अफ लेबरले अनुसूची ए लाई परिमार्जन गर्न प्रस्तावित वा अन्तरिम अन्तिम नियम जारी गर्न सक्छ, जसले अनुसूची ए मा कुनै पनि प्रस्तावित परिवर्तनहरूमा सार्वजनिक टिप्पणीको लागि थप अवसर प्रदान गर्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com