शान्तिका लागि साझेदार हुन गाजामा मानवीय अवस्था सुधार गर्नुपर्ने इजरायललाई अमेरिकाको चेतावनी


प्रकाशित मिति : कार्तिक १८, २०८० शनिबार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले शान्तिका लागि साझेदार हुन गाजामा मानवीय अवस्था सुधार गर्नुपर्ने इजरायललाई चेतावनी दिएका छन् । हमास विरुद्धको युद्धलाई तिब्र पारिरहँदा प्यालेस्टिनी नागरिकहरूको लागि गाजामा मानवीय अवस्था सुधार गर्न द्रुत रूपमा कार्य नगरेमा शान्तिको लागि अन्तिम सम्भावनालाई नष्ट गर्ने जोखिम रहेको ब्लींकेनले चेतावनी दिएका हुन् ।

तुरुन्त र बढ्दो सहयोग पाउनका लागि इजरायललाई यस क्षेत्रमा सैन्य कारबाही रोक्नको लागि कडा अमेरिकी विदेशमन्त्री ब्लींकेनले कडा आह्वान गरेका छन् । हालको अवस्थाले प्यालेस्टिनीहरूलाई थप कट्टरपन्थी बनाउने र द्वन्द्व अन्त्य गर्नको लागि शान्ति वार्ताको सुरुवातको सम्भावनालाई समेत समाप्त गर्ने उनले बताएका छन् ।

यदि तिनीहरू मानवीय प्रकोपबाट ध्वस्त भएमा र तिनीहरूको दुर्दशाको वेवस्ता गरेमा शान्तिको लागि कुनै साझेदार नहुने ब्लिन्केनले बताएका छन् । इजरायली बन्धकहरूलाई हमासले रिहाइ नगरिकदै अस्थायी युद्धविरामको आह्वानलाई भने प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तुरुन्तै अस्वीकार गरेका छन् । नेतन्याहुले इजरायल हमासविरुद्ध पूर्णरुपमा अगाडि बढ्ने बताएका छन् ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच शुक्रबार नोभेम्बर ३ मा इजरायलको तेल अवीवमा भएको भेट । चक केनेडी/आधिकारिक अमेरिकी विदेशमन्त्रालय फोटो

नेतन्याहु र अन्य वरिष्ठ अधिकारीहरूसँगको बैठकपछि तेल अवीभमा पत्रकारहरूलाई दिएका टिप्पणीहरू हमासद्वारा अक्टोबर ७ मा गरिएको हमलापछि बाइडेन प्रशासनले इजरायललाई दिएका सबैभन्दा कडा चेतावनीहरू हुन्। तर आफ्नो रक्षा गर्ने इजरायलको अधिकार र दायित्वको लागि तथा आफ्ना जनताको रक्षा गर्न र फेरि यस्तो कहिल्यै नहुने सुनिश्चित गर्न निरन्तर समर्थन गर्ने समेत ब्लींकेनले बताएका छन् ।

उनले इजरायलमा हमास लडाकूहरूले देखाएको भिडियोबाट आफू प्रभावित भएको बताएका छन् । जसमा आफ्ना साना बच्चाहरूको अगाडि हमासले उनीहरुका बुबालाई मारेका थिए । साथै गाजामा मरेका र घाइते प्यालेस्टिनी बालबालिकाको तस्बिरले आफू स्तब्ध भएको पनि उनले बताएका छन् । ती बालबालिकालाई देख्दा आफ्नै बच्चाहरूको सम्झना हुने भन्दै ब्लींकेनले हमासले प्यालेस्टिनी जनताको कल्याण र भलाईको लागि एक सेकेन्ड वा अलिकति पनि वास्ता नगर्ने बताएका छन् ।

ब्लिन्केन र अन्य अमेरिकी अधिकारीहरूको भनाई बन्धकहरूको रिहाईको लागि अनुमति दिन लडाई स्थगनका लागि बाइडेनले बुधवार गरेको आह्वानकै समर्थनमा आएको छ ।
हमासले बन्दी बनाएका २०० भन्दा बढी बन्धकहरूलाई रिहा गर्न अनुमति दिन युद्ध स्थगन गर्नुपर्नेमा अमेरिकी जोड छ । तर इजरायलले भने बन्धकको रिहाइपछिमात्र युद्ध स्थगन हुने बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com