भूकम्प पिडितलाई एनआरएनएको १० लाख सहयोग


प्रकाशित मिति : कार्तिक १७, २०८० शुक्रबार

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोमा गैरआवासीय नेपाली संघले पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । अध्यक्ष बद्री केसी र महासचिव  गौरीराज जोशीले वक्तव्य जारी गर्दै भूकम्पबाट भएको क्षतिको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुखित भएको जनाएका छन् ।

गएराती गएको भुकम्पमा परि घाइते भएका जाजरकोटको भेरी नगरपालिका-३ खलंगाका ४८ वर्षिय विमलकुमार कार्कीको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गरिँदै । घाइते कार्कीको दाहिने खुट्टा भाँचिएको छ । तस्बिर : राकेशकुमार मिश्र/रासस

वक्तव्यमा भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति सम्पूर्ण गैरआवासीय नेपालीहरुको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरिएको छ ।
यस कठिन घडीमा गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुर्ननिर्माणमा सदा झैँ गैरआवासीय नेपाली संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।

जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भुकम्पले भेरी नगरपालिका-३ थाप्लेमा भत्किएका घरहरु । तस्बिर : हेमन्त केसी /रासस

साथै, भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com