न्युयोर्क सिटी छाडेर अरु सिटी जाने कागजपत्रविहिनलाई सरकारले एकतर्फी हवाई टिकट निशुल्क दिने


प्रकाशित मिति : कार्तिक १३, २०८० सोमबार

buildings near body of water landscape photography

न्युयोर्क छाड्न चाहने कागजपत्रविहिन आप्रवासीहरूलाई सरकारले एकतर्फी हवाई टिकट निशुल्क दिने भएको छ । न्युयोर्क सिटीमा कागजपत्रविहिन आप्रवासीको चाप बढेपछि उनीहरुलाई अमेरिकाका अन्य सिटीहरुमा जान प्रोत्साहित गर्न र न्युयोर्क सिटीमा बसोबास गर्न निरुत्साहित यो तरिका अपनाइएको हो ।

मेयर एरिक आडम्सले कागजपत्रविहिन आप्रवासीहरूलाई उनीहरूको मनपर्ने गन्तव्यमा उडान गराउने प्रयासहरू बढाइरहेका छन्उ । उनीहरूलाई महिनौंसम्म न्युयोर्क सिटीभित्र आश्रय दिनु भन्दा यो सस्तो भएको उनको विचार छ । न्यूयोर्क सिटीमा बस्न रोज्नेहरू आश्रयहरू भरिएको हुने बाहिर सुत्दा जाडोको सामना गर्नुपर्ने हुनसक्ने चेतावनी समेत दिइएको छ ।

हरेक वर्ष जसरी आफन्तहरु चाडवाडमा घरमा आएर सबैजना उक्त आफन्तको घरमा सुत्न चाहँदा घर भरिन्छ र त्यहाँ थप व्यक्ति सुत्ने ठाउँ हुँदैन, त्यसरी नै अहिले न्युयोर्क सिटी अहिले भरिएको र थप नभएको भन्दै मेयर आडम्सले कागजपत्रविहिन आप्रवासीहरुलाई न्युयोर्क सिटी बाहिर जान प्रोत्साहित गरेका हुन् । हालका दिनहरूमा न्युयोर्क सिटीका मेयरले शहरको आश्रयबाट बाहिर जाने मानिसहरूलाई निशुल्क एकतर्फी टिकटका लागि विमानको टिकट बुकिङमा मात्र समर्पित अफिस संचालन गरिरहेका छन् ।

 (Photo by MARIO TAMA / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

यद्यपी आप्रवासीहरूलाई न्युयोर्क सिटी छोड्न बाध्य पारिएको छैन। केबल आफ्नो इच्छाले बाहिर जान चाहनेहरुका लागिमात्र यो सुविधा दिइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यूयोर्क सिटीले शरणार्थीहरूको आगमनलाई निरन्तरता दिन ब्रुकलिनको फ्लोयड बेनेट फिल्डमा थप आश्रयहरू समेत खोल्दैछ। सातवटा ठूला जलवायु(नियन्त्रित पालहरू अब पुनस् निर्माण गरिएको भूमिमा खडा छन् जुन पहिले नौसेना एयर स्टेशन थियो। निर्वाचित अधिकारीहरूले त्यहाँ छिट्टै बच्चाहरूसहित ५०० कागजपत्रविहिन आप्रवासी परिवारहरू बस्ने बताएका छन्।

परिवारहरू यस हप्तामा सर्ने अपेक्षा गरिएको छ। पहिले आप्रवासीहरुको आगमन केन्द्रमा जाँच गरिनेछ र स्वास्थ्य समस्या भए नभएको पत्ता लगाइनेछ । कोभिड, भेरिसेला, सक्रिय क्षयरोग, डिप्रेसन लगायतको लागि स्क्रिन गरिने तथा तत्काल स्वास्थ्य हेरचाह आवश्यकताहरू सम्बोधन गरिने जनाइएको छ । त्यसपछि उनीहरूलाई पालमा एउटा कोठा तोकिएको छ, जहाँ बच्चाहरू र वयस्कहरूका लागि खाटहरू छन् भने बच्चाहरूका लागि क्रिबहरू छन्। प्रत्येक कोठामा ताला छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com