अमेरिकामा बच्चा हेर्न आउनेहरुका लागि नियम संसोधन गर्दै अमेरिकी विदेश मन्त्रालय


प्रकाशित मिति : कार्तिक १३, २०८० सोमबार

अमेरिकी विदेश मन्त्रालयले अमेरिकामा एक्सचेन्ज भिजिटर अन्तरगत बच्चा हेर्न कार्यक्रमलाई स्पष्ट बनाउन र आधुनिकीकरण गर्न यो कार्यक्रमका नियमहरू संशोधन गर्ने प्रस्ताव गरेको छ । बाल हेरचाह र शैक्षिक अवयवहरूको पुनर्संरचना गर्ने, एजुकेयर कार्यक्रमलाई पार्ट टाइम विकल्पले प्रतिस्थापन गर्ने, बाल हेरचाह र होस्ट परिवार अभिमुखीकरण आवश्यकताहरू बढाउने लगायतका प्रस्ताव अमेरिकी विदेश मन्त्रालयले गरेको हो ।

त्यस्तै नयाँ होस्ट परिवारहरूसँग बाल हेरचाह गर्नेहरुको पुन मिलान गर्नको लागि मानक अपरेटिङ प्रक्रियाहरूलाई औपचारिक बनाउने र बाल हेरचाह सुरक्षाहरूलाई सुदृढ गर्न नयाँ आवश्यकताहरू प्रस्ताव समेत गरिएको छ । आज फेडरल रजिष्टरमा सुचना प्रकाशित गर्दै प्रस्तावित अमेरिकी विदेश मन्त्रालयले विशेष गरी बाल हेरचाह कार्यक्रमको पुनर्संरचना र साप्ताहिक क्षतिपूर्तिको गणनामा कमेन्ट आव्हान गरेको छ ।

अमेरिकामा सन् १९६१ को म्युचुअल एजुकेशनल एण्ड कल्चरल एक्सचेन्ज ऐनले सांस्कृतिक र शैक्षिक कार्यक्रमहरूको व्यवस्थापन गर्ने अधिकार अमेरिकी विदेश मन्त्रालयलाई दिएको छ। संसदले अमेरिकाका जनता र अन्य देशका जनता बीचको आपसी समझदारी बढाउन, अन्य राष्ट्रहरूसँग अमेरिकनलाई एकताबद्ध गर्ने सम्बन्धलाई बलियो बनाउन, शैक्षिक र सांस्कृतिक विकासको लागि अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिन तथा अमेरिका र विश्वका अन्य देशहरू बीच मैत्री, सहानुभूति र शान्तिपूर्ण सम्बन्धको विकासमा सहयोग गर्न को लागि फुलब्राइट हेज ऐन लागू गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाल हेरचाह कार्यक्रम अन्तरगत विदेशी नागरिकहरू अमेरिकी होस्ट परिवारसँग बस्न जे वान भिसामा अमेरिका आउन सक्छन् । उनीहरुले होस्ट परिवारका बच्चाहरूको हेरचाह गर्दै र शैक्षिक कार्यक्रमहरूमा नामांकन गर्दै विभिन्न सांस्कृतिक गतिविधिहरूमा संलग्न हुन पाउँछन् । त्यसैले बाल हेरचाह कार्यक्रम अन्तरगत अमेरिकी होस्ट परिवारसँग बस्न र होस्ट परिवारको गृह जीवनमा प्रत्यक्ष रूपमा भाग लिने अवसर प्रदान गरिन्छ।

यो कार्यक्रमले अमेरिकी मूल्यमान्यता, संस्कृति र नेतृत्वको बारेमा बढी सचेत रहने विदेशी व्यक्तित्वको निर्माण गर्छ भने अमेरिकी परिवारहरूलाई पनि पारस्परिक सांस्कृतिक र शैक्षिक लाभहरू प्रदान गर्दछ । किनभने विदेशीले अमेरिकी बच्चाहरुको हेरचाह गर्दा विदेशी मूल्यमान्यता र संस्कृति पनि सिक्ने अवशर पाउँछन् ।

कार्यक्रमका लागि सहभागी हुन योग्यता, पाउने पारिश्रमिक, बस्न पाउने अवधि लगायतका विषयमा विस्तृत जानकारीसहितको प्रस्तावित नियमका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com