शुक्रबारदेखि अमेरिकामा म्याद सकिएका वर्क परमिटको म्याद ६ महिनामात्र थपिने पूरानै नियम कायम


प्रकाशित मिति : कार्तिक ११, २०८० शनिबार

अमेरिकामा शुक्रबारदेखि म्याद सकिएका वर्क परमिटको म्याद ६ महिनामात्र थपिने पूरानै नियम कार्यान्वयन सुरु भएको युएससीआईएसले जनाएको छ । वर्क परमिटको नविरकणका लागि आवेदन दिएका निश्चित आवेदकहरुको नवीकरण आवेदन विचाराधीन हुँदा तिनीहरूको म्याद सकिएको वर्क परमिट अब ६ महिनामात्र स्वत थपिने भएको छ । जसमा टीपीएसवाहक र एसाइलम आवेदकहरु समेत समावेश छन् ।

सामान्यतया युएससीआईएसले वर्क परमिटमा उल्लेखित म्याद समाप्त भएपछि पनि नविकरणका लागि आवेदन दिएकाहरुका हकमा १८० दिनसम्म स्वत म्याद थप्ने गर्दै आएको छ । तर मे २०२२ मा युएससीआईएसले एउटा अस्थायी नियम घोषणा गर्दै नविकरणका लागि आवेदन दिएका म्याद सकिएको वर्क परमिटको अवधि १८० दिनबाट बढाएर ५४० दिनसम्म स्वत लम्बाउन सुरु गरेको थियो ।

तर अब अक्टोबर २७ मा वा त्यसपछि वर्क परमिट नवीकरणका आवेदनहरू फाइल गर्नेहरुको म्याद सकिएको वर्क परमिट केबल १८० दिनसम्ममात्र लम्बिनेछ । अर्थात् अब सन् २०२२ को मे अगाडि नै नियम लागु भएको छ । यद्यपी पहिले नै अवधि लम्बिएका वर्क परमिटको अवधि भने खारेज हुनेछैन । अर्थात् उनीहरुको वर्क परमिटमा ५४० दिनकै विस्तारित अवधि कायम रहनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०२२ को नियम अन्तर्गत स्वचालित म्याद थपिएका वर्क परमिटका सन्दर्भमा उनीहरुले नविकरण आवेदनको निर्णय प्राप्त गरेपछि स्वचालित विस्तार अवधि भने समाप्त हुनेछ । यदि नविकरण आवेदनको निर्णय प्राप्त गर्न ढिलो भएमा ५४० दिनको थपिएको अवधिसम्म उनीहरुले वर्क परमिट प्रयोग गर्न सक्नेछन् ।

२०२२ मा ल्याइएको नियम समाप्त भएपनि युएससीआईएसले त्यस्तै प्रकारको अर्को नियमको आवश्यकता भए नभएको निर्धारण गर्ने प्रकृयामा रहेको जनाएको छ । किनभने वर्क परमिट नविकरणको निर्णय प्राप्त गर्न ढिलो हुँदा कैयन आवेदकहरु वर्क परमिटविहिन हुने खतरा समेत रहन्छ । अब यदि कसैले वर्क परमिटको नविरणको निर्णय आफ्नो पूरानो वर्क परमिटको म्याद सकिएको ६ महिनाभित्र प्राप्त गर्न सकेन भने त्यस्तो व्यक्ति वर्क परमिट विहिन हुने खतरा रहेको छ ।

युएससीआईएसले वर्क परमिटमा ब्याकलग कम गर्न नयाँ नीति ल्याउँदै सेप्टेम्बर २७ मा वा त्यसपछि स्वीकृत वर्क परमिटका निश्चित प्रकारका प्रारम्भिक र नवीकरण आवेदनहरूका सन्दर्भमा ५ बर्षको म्यादसहितको वर्क परमिट जारी गर्न सुरु गरेको छ । वर्क परमिटको अधिकतम वैधता अवधिलाई पाँच वर्षमा बढाउँदा आवेदनको संख्या घट्ने भएकाले ब्याकलग पनि कम हुने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com