दुवै चुनाव मंसिर १० गते: सरकार
प्रकाशित मिति : भाद्र ५, २०७४ सोमबार

संविधान कार्यान्वयनका लागि अनिवार्य मानिएका दुवै चुनाव एकै दिन गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको छ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले भने, “दुवै चुनाव एकैदिन गर्ने निर्णयको जानकारी हामीले निर्वाचन आयोगलाई दिएका छौं।”
तर ती निर्वाचन एक भन्दा धेरै चरणमा गरिने हो वा मतपत्र कति र कसरी प्रयोग गरिने हो भन्ने बारेमा मन्त्रिपरिषदको निर्णयमा नसमेटिएको उनले बताए।
“ती विषयहरु प्राविधिक हुन् र आवश्यकता अनुसार तिनमा निर्णय पछि हुनेछन्। मूल विषय भनेको निर्वाचन समयमै गरेर संविधान कार्यान्वयन गराउनु हो,” मन्त्री थापाले बीबीसीलाई बताए।
उनका अनुसार अब आवश्यक पर्ने कानूनहरुको सरकारले छिटो टुंगो लगाउनेछ।