तीनवटा पासपोर्ट सेवा फारमहरूमा संशोधन गर्न अमेरिकी विदेश मन्त्रालयबाट ३० दिने सुचना जारी


प्रकाशित मिति : कार्तिक ९, २०८० बिहीबार

passport book on floor

फोटो: जेरेमी डोरोघ

तीनवटा पासपोर्ट सेवा फारमहरूमा संशोधन गर्न अमेरिकी विदेश मन्त्रालयले फेडरल रजिष्टरमा ३० दिने कमेन्ट अवधि तोक्दै सुचना जारी गरेको छ । डीएस १० जन्म प्रतिज्ञापत्र, डीएस ६० नाम परिवर्तन सम्बन्धी शपथ पत्र र डीएस ८६ अमेरिकी राहदानी प्राप्त नगरेको कथनका सन्दर्भमा केही परिवर्तनहरुसहित सुचना प्रकाशित गरिएको हो ।

सबै तीन फारमहरू सेक्सशब्दलाई लिङ्ग जेण्डरमा प्रतिस्थापन गर्न र सबै जेण्डरहरुहरू समावेशी सर्वनाम हुनको लागि परिमार्जन गरिएको छ । साथै फारम डीएस १० जन्म प्रतिज्ञापत्रबाट सेक्स क्षेत्र हटाइएको छ। अमेरिकी विदेश मन्त्रालयले यो परिवर्तन व्यवस्थापन र बजेट कार्यालयलाई स्वीकृतिको लागि पेश गरेको छ। यो सूचनाको उद्देश्य सार्वजनिक टिप्पणीको लागि ३० दिन अनुमति दिनु हो।

अधिकांश राहदानी आवेदकहरूले अमेरिकी भूभागसहित अमेरिकाभित्रको जन्म स्थान सूचीबद्ध गर्ने जन्म प्रमाणपत्र प्रदान गरेर अमेरिकी नागरिकत भएको स्थापना गर्छन्। केही आवेदकहरू अमेरिकामा जन्मेका हुन सक्छन् तर जन्म प्रमाणपत्र कहिल्यै जारी नगरिएको हुनसक्छ । डीएस १० त्यस्ता आवेदकका लागि जन्मको साक्षीद्वारा पूरा गर्नको लागि तयार गरिएको शपथ पत्र हो । यसले सम्बद्ध व्यक्तिको पहिचान र राहदानी आवेदकको जन्म परिस्थितिहरू स्थापना गर्न सान्दर्भिक जानकारी सङ्कलन गर्दछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि विश्वसनीय भएमा शपथ पत्रले आवेदकलाई अमेरिकामा जन्मेको आधारमा अमेरिकी राष्ट्रियता भएको देखाउन अनुमति दिन सक्छ । अमेरिकी जन्म प्रमाणपत्र जारी नगरिएको भए पनि यसले अमेरिकी नागरिक भएको पुष्टी गर्छ । यो फारमबाट सेक्स शब्द हटाएपनि यो निर्णयले प्रक्रियागत वा नीतिगत पक्षहरूलाई असर गर्दैन ।

त्यस्तै फारम डीएस ६० राहदानी आवेदकले औपचारिक अदालतको कार्यवाही बिना वा विवाह गरेर नयाँ नाम ग्रहण गरेको सन्दर्भमा प्रयोग गरिन्छ । सार्वजनिक रूपमा र विशेष रूपमा कम्तीमा ५ बर्षमा अपनाएको नाम प्रयोग गरेको स्थापित गर्ने उद्देश्यका लागि यो प्रयोग गरिन्छ।

डीएस ८६ फारम अमेरिकी अमेरिकी विदेश मन्त्रालयले सेवाग्राहीलाई प्रतिस्थापन पासपोर्ट जारी गर्ने उद्देश्यका लागि जानकारी सङ्कलन गर्न प्रयोग गर्दछ । जसको राहदानी जारी गरिएको छ तर राहदानी हुलाकबाट प्राप्त भएको छैन उनीहरुका सन्दर्भमा यो प्रयोग हुन्छ । अमेरिकी राहदानी प्राप्त नभएको स्टेटमेन्टमा सङ्कलन गरिएको जानकारीलाई अमेरिकी विदेश मन्त्रालयले कुनै पनि व्यक्तिले एउटै प्रकारको एकभन्दा बढी अमेरिकी राहदानी वा राहदानी कार्ड बोक्दैन भन्ने कुरा सुनिश्चित गर्न प्रयोग गर्छ । फारमको जानकारी पासपोर्ट जालसाजी र दुरुपयोगलाई सम्बोधन गर्न पनि प्रयोग गरिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com