अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरूको सूचीमा अमेरिकाले थप्यो नेपाल


प्रकाशित मिति : कार्तिक ८, २०८० बुधबार

white pig on brown soil

अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरूको सूचीमा अमेरिकाले नेपाललाई पनि थप गरेको छ । अमेरिकाको कृषि मन्त्रालय अन्तरगत एनिमल एण्ड प्लान्ट हेल्थ सर्भिसले नेपाललाई अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरूको सूचीमा थपेको सर्वसाधारणलाई जानकारी दिएको हो । नेपालमा अफ्रिकी स्वाइन फिभरको पुष्टि भएपछि यो कदम चालेको अमेरिकी सरकारले जनाएको छ ।

अफ्रिकी स्वाइन फिभर जंगली र घरेलु सुँगुरबाट फैलिने एक अत्यधिक संक्रामक रोग हो जुन अत्यधिक उच्च दरमा उच्च मृत्युदरका साथ फैलन सक्छ। सुचीमा चीन र भारत समेत रहेको छ । यो सूची व्यावसायिक बिक्री वा पाल्ने कुकुरहरूको आयातमा लागू नहुने युएसडीएले जनाएको छ । नेपाललाई सुचिमा थप्न युएसडीएले फेडरल रजिष्ट्ररमा नै सुचना प्रकाशित गरेको हो ।

सुचनामा भनिएको छ हामीले अफ्रिकी स्वाइन फिभरबाट प्रभावित मानिने क्षेत्रहरूको सूचीमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई थपेका छौं भनेर हामी जनतालाई सल्लाह दिन्छौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा अफ्रिकी स्वाइन फिभरको पुष्टि भएपछि हामीले यो कदम चालेका हौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गतबर्षको मे १८ मा संघीय नेपालको पशु चिकित्सा अधिकारीहरूले विश्व पशु स्वास्थ्य संगठनलाई नेपालमा अफ्रिकी स्वाइन फिभरको घटनाको रिपोर्ट गरेका थिए । त्यो रिपोर्टका कारण अमेरिकाले पहिलो पटक नेपाललाई गतबर्षको मे २३ मा सुचीमा थपेको थियो । अहिले पनि उक्त जोखिम कायम रहेको भन्दै नयाँ सुचना निकालिएको हो ।फलस्वरूप नेपालबाट सुँगुरको मासु र सुँगुरजन्य चिजहरु अमेरिकामा अफ्रिकी स्वाइन फिभरको जोखिम कम गर्न आयात प्रतिबन्ध लगाइएको छ ।

यसले तत्कालै अध्यागमनमा भने असर नपार्ने जनाइएको छ । तर नेपालबाट आउँदा सुँगुरको मासु वा सुकुटी लगायत भने अमेरिका ल्याउन पाइनेछैन । साथै अमेरिकाले त्यस्ता चीज ल्याएको आशंकामा अमेरिकामा नेपालबाट आउने यात्रुहरुमाथि भने निगरानी बढाउन सक्छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com