एक्सचेन्ज भिजिटरले ग्रिनकार्ड आवेदन दिँदा २ वर्ष विदेशमा बस्नुपर्ने आवश्यकताबारे नीति निर्देशन


प्रकाशित मिति : कार्तिक ७, २०८० मंगलबार

एक्सचेन्ज भिजिटरको रुपमा अमेरिका आउनेहरुको २ वर्ष विदेशमा बसोबासको आवश्यकताबारे युएससीआईएसले नीति अपडेट गरेको छ । युएससीआईएसले गैरआप्रवासी एक्सचेन्ज भिजिटर जे भिसाको लागि २ वर्षको विदेशी बसोबास आवश्यकताको सम्बन्धमा नीति पुस्तिकामा नीति निर्देशन जारी गरेको हो ।

अपडेटमा दुई बर्ष विदेशमा बसोबास गर्नुपर्ने आवश्यकता पूरा भएको छ कि छैन भनेर युएससीआईएसले कसरी निर्धारण गर्छ भन्नेबारे जानकारीहरु समावेश गरिएको छ । त्यसको गणना कसरी गर्नेभन्नेबारे प्रष्ट पारिएको छ ।

साथै २ बर्षे बसोबासको आवश्यकता पूरा भएको देखाउनको लागि आवेदकले पेश गर्न सक्ने प्रमाण र आवेदकले आवश्यकता पूरा गर्न असम्भव भएको अवस्थामा युएससीआईएसले कसरी विचार गर्छ भन्ने बारे जानकारी पनि थप गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसले विद्यमान नीति म्यानुअल सामग्रीबाट, विदेशी मेडिकल स्नातकहरूको विदेशी निवास आवश्यकताको छुटको लागि आधारहरू मध्ये एकको छुटलाई पनि सच्याउएको छ। यो अपडेटले रोजगारका आधार समावेश गर्नुका साथै रोजगारका आवश्यकताहरू स्पष्ट गरेको छ । नयाँ अपडेट तुरुन्तै प्रभावकारी भइसकेको छ ।

जे भिसामा गैर आप्रवासीहरु अमेरिकामा अध्ययन, अवलोकन, अनुसन्धान, परामर्श, विशेष सीपहरू प्रदर्शन, स्नातक चिकित्सा शिक्षा वा प्रशिक्षण प्राप्त गर्ने उद्देश्यका लागि अमेरिकामा स्वीकृत कार्यक्रममा भाग लिन आउन सक्छन् । निश्चित जे वान भिसामा अमेरिका आएकाहरुले अमेरिकामा आप्रवासी भिसा, ग्रिनकार्ड वा गैर आप्रवासी कामदार भिसाहरुका लागि आवेदन दिनका लागि २ बर्ष आफ्नो देशमा वा आफू अन्तिमपटक बसोबास गरेको देशमा विताएको हुनुपर्ने प्रावधान छ ।

गन जुन ८ मा एक्सचेन्ज भिजिटरको वर्गीकरणमा युएससीआईएसले नीति नियमावलीमा व्यापक मार्गदर्शन प्रकाशित गरेको थियो । अहिलेको अपडेटमा आप्रवासी भिसा, ग्रिनकार्ड वा गैर आप्रवासी कामदार भिसाका आवेदकले २ वर्षको विदेशी बसोबासको आवश्यकता पूरा गरे नगरेकोबारे निर्धारणबारे थप प्रष्ट पारिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com