रिपब्लिकनहरूको निशानामा प्रदर्शनकारी विद्यार्थीहरूको भिसा


प्रकाशित मिति : कार्तिक ६, २०८० सोमबार

स्कट ओल्सन/गेटी /एएफपी

केही रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वारहरूले प्यालेस्टिनीहरूलाई समर्थन व्यक्त गर्ने वा इजरायलको सैन्य प्रतिक्रियाको आलोचना गर्ने विदेशी नागरिकहरूको विद्यार्थी भिसा रद्द गर्न र देशनिकाला गर्न आह्वान गरेका छन्। इजरायलमा हमासको आक्रमण पछि अमेरिकाभरका कलेज क्याम्पसहरूमा तनाव फैलिएको छ भने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वारहरूले प्यालेस्टिनीहरूलाई समर्थन व्यक्त गर्ने वा इजरायलको सैन्य प्रतिक्रियाको आलोचना गर्ने विदेशी विद्यार्थीको भिसा रद्द गर्न र देश निकाला गर्न आह्वान गरेका हुन्।

यदपी केही कानुनी विज्ञहरूले भने यसले वाक स्वतन्त्रता र संविधानको पहिलो संसोधनको उल्लंघन गर्ने बताएका छन् । विद्यार्थीका प्रर्दशनहरु युद्धविरामको आग्रह वा प्यालेस्टिनी नागरिकहरूको उपचार र हत्याको निन्दादेखि लिएर हमासको आक्रमणको लागि इजरायललाई दोष दिनसम्मका छन् । जुन राजनीतिक परिदृश्यभरि आलोचना गरिएको छ। केही रिपब्लिकन उम्मेद्वारहरूले भने प्रदर्शनमा सहभागीहरूले हमासलाई समर्थन गरेको कुरा सामान्यीकरण गर्दै टिप्पणी समेत गरेका छन् ।

रिपब्लिकनबाट राष्ट्रपति दौडमा प्रमुख नेता ट्रम्पले यदि आफूले जितेमा उनको प्रशासनले कट्टरपन्थी, अमेरिका विरोधी र यहुदी विरोधी विदेशीहरूको विद्यार्थी भिसा रद्द गर्ने चेतावनी दिइसकेका छन् । फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले पनि हमासलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई देश निकाला गर्नको लागि समर्थन व्यक्त गरेका छन् । उनले त्यस्ता व्यक्तिलाई अमेरिकामा भिसामा बस्ने अधिकार नभएको र अमेरिकामा अध्ययन गर्ने अधिकार नभएको उनले बताएका छन् ।

(AP Photo/Hatem Ali)

एक रेडियो अन्तर्वार्तामा सिनेटर टिम स्कटले यदि कलेजमा हमास समर्थक विदेशी विद्यार्थीहरू भएमा उनीहरूलाई उनीहरूको देशमा फिर्ता पठाइनुपर्ने बताएका छन् । यी प्रस्तावहरूले धेरै मुस्लिम आप्रवासीहरू विरुद्ध र इजरायलको समर्थनमा बढ्दो कट्टरपन्थी अडानहरू खडा गर्ने रिपब्लिकनको दृढ संकल्पलाई प्रतिबिम्बित गर्दछ । उनीहरुले गाजाबाट कुनै पनि शरणार्थीलाई स्वीकार गर्न नहुने बताएका छन् । उक्त क्षेत्रमा इजरायलले बिजुली काटेको छ भने हमासको आक्रमणको प्रतिक्रियामा खाना र इन्धन आपूर्ति पनि बन्द गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही रिपब्लिकनहरूले आफूलाई अभिव्यक्ति स्वतन्त्रताको दृढ रक्षकको रूपमा समेत उभ्याएका छन् । रिपब्लिकन नेताका प्रस्तावहरुले इजरायलले हमासविरुद्ध गरेको आक्रमणको विरोध गर्नेहरु र हमासको समर्थन गर्नेहरुलाई खतरनाक रूपमा मिलाउन सक्ने केही अधिकारकर्मीहरुले चेतावनी दिएका छन् । संविधानको पहिलो संशोधनले अमेरिकामा बस्ने सबै मानिसहरूलाई वाक स्वतन्त्रताको अधिकार सुरक्षित गर्दछ । उनीहरु अमेरिकी नागरिक भएपनि वा अमेरिकामा रहेका विदेशी नागरिक रहेपनि वाक स्वतन्त्रताको अधिकार सुरक्षित हुने अमेरिकन सिभिल लिबर्टीज युनियनका राष्ट्रिय कानूनी निर्देशक र जर्जटाउन विश्वविद्यालयका कानून प्राध्यापक डेभिल कोलले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com