बाइडेन प्रशासनको नयाँ कारवाही अन्तरगत कागजपत्रविहिनलाई चार्टड विमानबाट देशनिकाला


प्रकाशित मिति : कार्तिक ५, २०८० आईतबार

बाइडेन प्रशासनले अमेरिकामा रहेका कागजपत्रविहिन आप्रवासीहरुलाई टीपीएस लगायतका विभिन्न संरक्षणहरु प्रदान गरेपछि ती संरक्षणमा नपरेकाहरुलाई भने देशनिकाला गर्न सुरु गरेको छ ।

बाइडेन प्रशासनको नयाँ कार्यक्रम अन्तर्गत पहिलो अमेरिकी निर्वासन उडानले बुधबार कागजपत्रविहिनहरुलाई उनीहरुका देशमा फिर्ता लगेर छाडेको छ । सीमा संरक्षणका लागि कडा दृष्टिकोणको रूपमा अमेरिकाले रेकर्ड ब्रेक अवैध क्रसिंगहरूसँग संघर्ष गरिरहेको बेला बाइडेन प्रशासनले नयाँ कार्यक्रम सुरु गरेको हो ।

बुधबार बिहान टेक्सासको हार्लिङ्गेनको एयरपोर्टमा बसहरूले कागपत्रविहिन पुरुष र महिलाहरूलाई टार्माकमा बाँधेर राखेका थिए, जहाँ उनीहरूलाई चार्टर प्लेनतर्फ लगिएको थियो । आइसका अनुशार उक्त विमानमा करिब १३० जना भेनेजुएलाका कागपत्रविहिनलाई देश निकाला गरिएको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले गैरकानूनी रूपमा अमेरिका मेक्सिको सीमा पार गर्ने प्रयास गर्ने आप्रवासीहरूको रेकर्ड संख्याको साथ संघर्ष गरिरहेको छ । खासगरी भेनेजुएलाका आप्रवासीहरू आफ्नो देशमा आर्थिक र राजनीतिक अस्थिरताबाट भागेर अमेरिका आउने संख्यामा तीब्र बृद्धि भएको छ ।

२०२१ मा बाइडेनले कार्यभार सम्हालेदेखि ३ लाख ८० हजार भन्दा बढी भेनेजुएलाका आप्रवासीहरू अवैध रूपमा अमेरिका मेक्सिको सीमा पार गर्ने क्रममा पक्राउ परेका थिए, जुन आर्थिक वर्ष २०१९ मा करिब २,२०० र २०२० मा १,२०० मात्र थिए।

भेनेजुएलाको बढ्दो अस्थिरता र सुरक्षाको अभावलाई उद्धृत गर्दै जुलाई ३१ मा वा त्यो भन्दा अघि संयुक्त राज्य अमेरिका पुगेका झन्डै आधा मिलियन भेनेजुएलाका आप्रवासीहरूलाई बाइडेन प्रशासनले देशनिकालाबाट राहत र वर्क परमिट दिएको केही हप्ता पछि त्यसपछि आउनेहरुलाई देशनिकाला सुरु गरिएको हो ।

अमेरिका र भेनेजुएलाका अधिकारीहरूले यस महिनाको सुरुमा दुई देशबीचको कूटनीतिक तनावका कारण वर्षौंदेखि रोकिएको प्रत्यक्ष निर्वासन पुनः सुरु हुने बताएका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com