अमेरिकाको कामदार भिसा एचवान बीमा लचकता र सुधार ल्याउने सरकारी प्रस्ताव सार्वजनिक


प्रकाशित मिति : कार्तिक ३, २०८० शुक्रबार

यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कामदार भिसा एचवान बी लाई आधुनिकीकरण र सुधार गर्नका लागि आज प्रस्तावित नियम बनाउने सूचना घोषणा गरेको छ । प्रस्तावित नियम मार्फत कामदार भिसा एचवान बी कार्यक्रमका आवश्यकताहरूलाई सुव्यवस्थित गर्न, कार्यक्रमको दक्षता सुधार गर्न, याचिकाकर्ताहरू र लाभार्थीहरूका लागि थप लचिलोपन प्रदान गर्न र अखण्डता उपायहरू सुधार गर्न खोजिएको छ ।

सुधार प्रस्तावमा योग्यता आवश्यकताहरू सुव्यवस्थित गरिने उल्लेख छ । विशेष पेशाको लागि मापदण्डहरू आवश्यक पर्ने डिग्री र काम गर्ने पदको कर्तव्यहरू बीचको प्रत्यक्ष सम्बन्ध सुनिश्चित गर्नको लागि परिमार्जन गरिनेछ, त्यहाँ एक विशेष पेशाका लागि सामान्य डिग्री अयोग्य हुनसक्ने र एक भन्दा बढी स्वीकार्य डिग्री हुनसक्नेबारे पहिचान गरिनेछ ।

कार्यक्रमको प्रभावकारिता सुधार गर्ने समेत सुधार प्रस्तावमा उल्लेख छ । हालको नीति निर्देशन अनुरूप एचवान बी कामदारको रोजगारीको स्थानमा परिवर्तनको कारणले गर्दा संशोधित वा नयाँ याचिका दायर गर्नु पर्दा कहिले गर्ने भन्नेबारे यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले स्पष्ट पारेको छ । प्रस्तावित नियमले नयाँ फाइलिङको समयमा कुनै अन्तर्निहित तथ्यहरू परिवर्तन नभएको खण्डमा निर्णय गर्ने सरकारी अधिकारी सामान्यतया पूर्वनिर्णयमा कायम रहनुपर्ने कुरा कोडिफिकेसन गर्दछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रस्तावित नियमले रोजगारदाता र कामदारहरूका लागि थप लाभहरू र लचिलोपनहरू प्रदान गर्छ । योग्यता प्राप्त संस्थाद्वारा प्रत्यक्ष रूपमा कार्यरत नभएका लाभार्थीहरु, निश्चित गैर नाफामुखी संस्थाहरू वा सरकारी अनुसन्धान संस्थाहरूका लागि एचवान बी क्यापमा केही छुटहरू विस्तार गरिनेछ। कामदार भिसा एचवानबीमा स्टाटस परिवर्तन गर्न चाहने विद्यार्थी भिसामा रहेकाहरुका लागि पनि केही लचिलोपनहरू विस्तार गर्नेछ।

कामदार भिसा एचवान बीको दर्ता चयन प्रक्रियालाई दुरुपयोग र धोखाधडीको सम्भावना कम गर्न सुधार गरिने प्रस्तावमा उल्लेख छ । सम्बन्धित निकायहरूलाई एउटै लाभार्थीको लागि धेरै दर्ताहरू पेश गर्नबाट रोक लगाइनेछ । नयाँ नियमले साइट भ्रमणहरू सञ्चालन गर्न सरकारी अधिकारीको अख्तियारलाई पनि संहिताबद्ध गर्नेछ । साइट भ्रमणहरूको पालना गर्न अस्वीकार गरेमा याचिका अस्वीकार वा रद्द हुनसक्नेबारे पनि प्रष्ट पारिएको छ ।

यो नयाँ नियम बनाउनका लागि ल्याइएको सुचनामा ६० दिनको कमेन्ट अवधि राखिएको छ । त्यसपछि प्रस्तावित अन्तिम नियम आउनेछ । प्रस्तावित अन्तिम नियममा कमेन्ट अवधि पूरा भएपछिमात्र अन्तिम नियम आउनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com