विदेशमा रहेका सम्बन्धित कम्पनीबाट अमेरिकामा रहेको कम्पनीमा अस्थायी कामदार ल्याउनेबारे अपडेट


प्रकाशित मिति : कार्तिक ३, २०८० शुक्रबार

person using MacBook Pro

अमेरिकामा अन्तरकम्पनी ट्रान्सफर कामदार भिसा एल वानबारे युएससीआईएसले आफ्नो नीति स्पष्ट पारेको छ । युएससीआईएसले नीति म्यानुअलमा नीति निर्देशन जारी गर्दै एकल स्वामित्व भएको कम्पनी मालिकबाट अलग र अलग कानूनी संस्थाको रूपमा अवस्थित नहुने भएकाले मालिकको तर्फबाट याचिका दायर गर्न नसक्ने स्पष्ट पारेको छ ।

नीति म्यानुअल अपडेटले अवस्थित मार्गदर्शनलाई नै स्पष्ट पारेको हो । जसमा एउटामात्र मालिक भएको कर्पोरेशन वा एलएलसीका रुपमा रहेको सेल्फ इन्कर्पोरेटेड कम्पनी र एकल स्वामित्व भएको याचिकाकर्ताको फरक स्पष्ट पारिएको छ । जहाँ एउटामात्र मालिक भएको कर्पोरेशन वा एलएलसीले भने यसको मालिकबाट अलग र फरक कानूनी संस्था भएको उल्लेख गर्दै त्यस्ता कम्पनीले मालिकका लागि समेत याचिका दायर गर्न सक्ने जनाइएको छ ।

यस अपडेटले ब्लांकेट याचिकाहरू सम्बन्धी मार्गदर्शनलाई पनि स्पष्ट गरेको छ । अन्तर्राष्ट्रिय संस्थाहरूले याचिकामा नाम दिइएको सबै व्यक्तिगत संस्थाहरूको तर्फबाट ब्ल्यान्केट याचिकाहरू फाइल गर्छन्। युएससीआईएसले ब्ल्यान्केट पिटिशनको म्याद थपका लागि समयमै फाइल गर्न नसक्दा अर्को ब्ल्यान्केट पिटिशन दाखिल गर्न ३ वर्ष कुर्न नपर्ने स्पष्ट गर्न नीति निर्देशन अद्यावधिक गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नीति म्यानुअलको भोल्युम २ मा समावेश गरिएको यो निर्देशन तुरुन्तै प्रभावकारी हुनेछ । नीति म्यानुअलमा निहित मार्गदर्शनले विषयसँग सम्बन्धित कुनै पनि पूर्व निर्देशनलाई नियन्त्रण गर्ने र हटाउने जनाइएको छ ।

एल वान नामको गैरआप्रवासी भिसाले एक अमेरिकी रोजगारदातालाई आफ्नो विदेशमा रहेका कार्यालयका वा सम्बन्धित संस्थाका कर्मचारीहरूलाई सम्बन्धित विदेशी कार्यालयहरूबाट अमेरिकामा अस्थायी रुपमा स्थानान्तरण गर्न अनुमति दिन्छ । अवस्थित नीति र अभ्यासमा एकल स्वामित्वको कम्पनीले यसको मालिकको तर्फबाट एल वान याचिका दायर गर्न नसक्ने उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com