अर्कोसातादेखि देशनिकाला खारेज भएकालाई युएससीआईएसमा एसाइलम फाइल गर्नेबारे नयाँ निर्देशिका


प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार

अर्कोसातादेखि लागु हुनेगरी युएससीआईएसले देशनिकाला खारेज भएकाहरुका लागि एसाइलम फाइल गर्ने सन्दर्भमा नयाँ निर्देशिका जारी गरेको छ । अध्यागमन अदालतबाट देशनिकाला खारेज गरिएका व्यक्तिका लागि अक्टोबर १६ देखि लागु हुनेगरी नयाँ निर्देशिका जारी गरिएको हो ।

यदि कसैको देशनिकालाको प्रकृया अध्यागमन अदालतबाट खारेज भएको छ र उक्त व्यक्तिले एसाइलमका लागि दावी गर्न चाहन्छ भने आवेदक बस्ने स्थानका आधारमा युएससीआईएसको क्षेत्राधिकारभित्र पर्ने लकबक्समा एसाइलम आवेदन फर्म आई ५८९ को वर्तमान संस्करण उपयुक्त तरिकाले भरेर पठाउनुपर्छ । यदि अध्यागमन अदालतले देशनिकालाको प्रकृया खारेज गर्दा नै पेन्डिङ एसाइलम भएकाहरुले फर्म आई ५८९ पठाउादा एसाइलमका लागि आफ्नो दावी सम्बन्धी कुनै पनि अतिरिक्त वा अद्यावधिक जानकारी समावेश गर्नुपर्छ।

आवेदन पठाउँदा अध्यागमन अदालतबाट देशनिकालाको प्रकृया खारेज भएको अर्डर अफ डिसमिसल वा टर्मिनेसनको प्रतिलिपि जस्ता प्रमाणहरु पनि एकसाथ पेश गर्नुपर्छ । त्यस्तै देशनिकालाको प्रकृया खारेज गर्दा अध्यागमन अदालतमा एसाइमल आवेदन आई ५८९ पेन्डिङ रहेको प्रमाण पनि पेश गर्नुपर्छ । यदि प्रमाणले अध्यागमन अदालतबाट देशनिकालाको प्रकृया खारेज गर्नुभन्दा पहिले नै आवेदन आई ५८९ पेश गरिसकेको स्थापित गरेमा युएससीआईएसले मूल फारम आई ५८९ फाइल गरेको मितिको आधारमा नै रिसिप्ट पठाउनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसाइलम कुन मितिमा फाइल गरेको हो भन्ने कुरा निकै महत्वपूर्ण छ किनभने यही मिति युएससीआईएसले एसाइलम फाइल गर्नुपर्ने एकबर्षे डेडलाइन, पेन्डिङ एसाइलम आवेदनमा आधारित वर्क परमिट, एसाइलम अन्तर्वार्ता तालिका प्राथमिकता र बाल आश्रित आवेदकहरूको लागि उमेर निर्धारणको उद्देश्यका लागि प्रयोग गर्दछ । यदि आवेदकले अध्यागमन अदालतबाट देशनिकालाको प्रकृया खारेज गर्नुभन्दा पहिले नै आवेदन आई ५८९ पेश नगरेको भएमा युएससीआईएसले नयाँ फारम आई ५८९ फाइल गरेको मितिको आधारमा रिसिप्ट पठाउनेछ ।

यदि आवेदकले सुरुमा युएससीआईएसमा एसाइलम आवेदन आई ५८९ पेश गरेको थियो र उक्त आवेदन युएससीआईएसले अध्यागमन अदालतमा पठाएको थियो भने देशनिकालाको कार्यवाही खारेज वा समाप्त नभएसम्म विचाराधीन रहेको भएमा र सोही अवस्थामा नयाँ आई ५८९ पेश गरेमा युएससीआईएसले आवेदन पुन अध्यागमन अदालतमा नै पठाउनका लागि स्वविवेकका आधारमा अध्यागमन अदालतमा नोटिस टु अपियर पठाउनेछ । प्रकृयामा ढिलाई हुनबाट बच्न सही तरिकाले सही ठाउँमा आवेदन पठाउन सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com