न्युयोर्कको जेलमा परेको एकसातामै २७ बर्षीय नेपाली युवा मनिष कुँवरको मृत्यु


प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार

न्युयोर्कको जेलमा २७ बर्षीय नेपाली युवा मनिष कुँवरको मृत्यु भएको छ । अक्टोबर ५ बिहिबार विहान उनको न्युयोर्कको राइकर्स आइल्याण्ड जेलमा मृत्यु भएको खुलासा भएको छ ।

विहान ६ बजेर २० मिनेटमा जेलको परिसरमा कुँवर अचेत अवस्थामा भेटिएका थिए । उनी गत सेप्टेम्बर २७ देखि हिराशतमा रहेको जनाइएको छ । उनको मृत्युको कारण केही खुलाइएको छैन । सिटीको मेडिकल एक्जमाइनरको कार्यालयले उनको मृत्युको कारण पत्ता लगाउने जनाइएको छ । यो बर्षमात्र राइकर्स आइल्याण्ड जेलमा योसहित ९ जनाको मृत्यु भइसकेको छ ।

न्युयोर्क सिटी डिपार्टमेन्ट अफ करेक्सनको रेकर्ड अनुशार उनी सेप्टेम्बर २७ मा पक्राउ परेका थिए भने उनको अदालतको सुुनुवाईको मिति अक्टोबर २७ का लागि तय गरिएको थियो । तर जेलमा राखेको झण्डै एकसातामा नै उनको मृत्यु भएको रेकर्डमा खुलेको छ ।

उनको मुद्दा क्वीन्सको अपराध अदालतमा चलिरहेको थियो भने उनीविरुद्ध डकैतीको अभियोग लागेको थियो । न्युयोर्क दण्ड संहिता १६० १५ बमोजिम उनीविरुद्ध मुद्दा चलाइएको थियो । घातक हतियार प्रयोग गरेको र चोरी गरेको अभियोगमा यो अभियोगको सामना गर्नुपर्छ । साथै पीडित वा अरु कसैलाई गम्भिर शारीरिक चोटपटक लगाएमा वा बन्दुक देखाएमा पनि यो अभियोगको सामना गर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राइकर्स आइल्याण्ड जेल परिसर ।

उनले पहिलो डिग्री फेलोनी अन्तरगत मुद्दाको सामना गरिरहेका थिए । तर उनले के कारणले यो मुद्दाको सामना गरिरहेका थिए वा घटना के थियो भन्नेबारे केही पनि सार्वजनिक भएको छैन । सन् १९९६ मा जन्मिएका, कालो कपाल र खैरा आँखा भएका उनी ५ फिट ६ इन्च अग्ला र १५० पाउण्ड तौल भएका रेकर्डमा उल्लेख छ ।

उनको मुद्दाको प्रतिनिधित्व गर्दै आएको न्युयोर्कको लिगल एड सोसाइटीले पनि यसको पुष्टी गरेको छ । सोसाइटीले कुँवरको निधनमा शोक व्यक्त गरेको छ । राइकर्स आइल्याण्डमा उनको निधन भएको खबरले आफूहरु स्तब्ध र आक्रोशित भएको एक विज्ञप्तीमा उल्लेख छ । कुँवरको परिवार, साथीहरू र समुदायप्रति सोसाइटीले गहिरो समवेदना प्रकट गरेको छ ।

उनलाई उपचारको सट्टा जेल राखेका कारण यो हानी भएको सोसाइटीको भनाई छ । आफूलाई चाहिने सेवा र स्थिर आवासमा पहुँच गरेको भए आजको त्रासदीबाट बच्न सकिने वित्रप्तीमा उल्लेख छ । हिरासतमा रहेका न्युयोर्कवासीहरूको भलाइ सुनिश्चित गर्न करेक्सन विभाग निरन्तर असफल भएको र आधारभूत जेलका कार्यहरू व्यवस्थापन गर्न असमर्थ भएको कुरा अस्वीकार्य भएको विज्ञप्तीमा जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com