अमेरिका र चीनको चेपुवामा परेको देश


प्रकाशित मिति : भाद्र ४, २०७४ आईतबार

दुई वर्ष अघि फिलिपिन्स विशाल क्षेत्रीय शक्ति चीनसँग सबैभन्दा नराम्रो विवादमा फसेको थियो।

उसले साउथ चाइना सीमा रहेका टापुहरुलाई लिएर चीन विरुद्ध मुद्दा समेत दायर गरेको थियो।

तर आजको दिनमा फिलिपिन्स चिनियाँ रकमको चाहना राख्छ।

किन यस्तो भयो? आशिंक रुपमा भन्नुपर्दा फिलिपिन्स वास्तवमै दोधारमा रहेको प्रष्ट देख्न सकिन्छ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

एशिया प्रशान्त क्षेत्रको एउटा कुनामा अवस्थित फिलिपिन्स सानो टापु राष्ट्र हो र यो आफूभन्दा विशाल र शक्तिशाली देशहरुबाट घेरिएको छ।

फिलिपिन्सको आय र सैनिक सहयोगको मुख्य श्रोत पहिला उसलाई उपनिवेश बनाएको देश संयुक्त राज्य अमेरिका हो।

आफ्नो देशको ठूलो जनसंख्यालाई रोजगारी दिनु र अत्यावश्यक पूर्वाधार निर्माण गर्न श्रोत जुटाउनु उसको प्रमुख चुनौती हो जुन फिलिपिन्सले आफ्नै श्रोतमात्रैले गर्न सक्दैन।

नयाँ साथी

त्यही भएर फिलिपिन्स विश्वको पुरानो महाशक्ति अमेरिका र नयाँ महाशक्ति चीनबीच सन्तुलन मिलाएर अघि बढ्ने प्रयास गरिरहेको छ।

साउथ चाइना सीमा आफ्नो दाबी कायम राखिरहेपनि मनिलाले अहिले बेइजिङबाट लगानी भित्र्याउन आफ्ना अडानहरु नरम बनाउँदै गएको छ।

“अहिलेको बिन्दुमा हामीले एक अर्कासँग विश्वास कायम गर्नु एकदमै महत्वपूर्ण छ,” फिलिपिन्सका अर्थ मन्त्री कार्लोस डोमिनिगेज भन्छन्।

“हामीले हाम्रा दाबी छाडेका छैनौँ तर हाम्रा राष्ट्रपतिले अहिलेको समयमा विवाद गरिरहनुभन्दा मित्रवत सम्बन्ध राख्ने कुरालाई जोड दिनुभएको छ।”

तर सधैँ यस्तो हार्दिकतापूर्ण सम्बन्ध थिएन्।

केही अघि सन् २०१४ सम्म फिलिपिन्समा चीनको एकदमै कम अर्थात चार करोड २० लाख डलर जति मात्रै लगानी थियो।

उक्त रकम दक्षिण पूर्वी एशियामा चीनले गरिरहेको लगानीको एकदमै थौरै अंश रहेको थियो।

फिलिपिन्स
राष्ट्रपति रोड्रिगो डुटेर्तेले चीनसँग नजिकको सम्बन्ध कायम गर्न चाहेका छन्

तर राष्ट्रपति रोड्रिगो डुटेर्ते सत्तामा आएपछि चीन र फिलिपिन्सबीच नयाँ मित्रता मौलाएको छ।

‘निर्माण, निर्माण र निर्माण’ को नीतिलाई जोड दिइरहेका डुटेर्तेलाई उक्त योजना कार्यन्वयन गर्न झण्डै १ खर्ब ८० अर्ब डलर लाग्ने ठानिएको छ।

उक्त योजना कार्यन्वयन गर्न चीनले ठूलो ऋण सहायता गर्ने प्रतिबद्धता जनाएको छ।

नयाँ रणनीति अनुसार फिलिपिन्सले झण्डै २० करोड डलरको ‘बोन्ड’ आगामी अक्टोबर महिनामा चीनका लागि निष्काशन गर्दैछ।

तर चीनबाट आउने लगानी कहिल्यै पनि शर्त बिना आउँदैन।

बेइजिङबाट ऋण लिएका कतिपय देशहरुले अहिलेसम्म त्यसलाई तिर्न संघर्ष गरिरहेका छन्।

के फिलिपिन्सले पनि त्यस्तै नियति भोग्ला? अर्थमन्त्री डोम्नीगेज त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था नआउने जवाफ दिन्छन्।

फिलिपिन्स

उनी भन्छन्, “चिनियाँ ऋणले हामीलाई फाइदा फुर्याउँछ किनभने हामीले चलाखीपूर्ण रुपमा सम्झौता गरेका छौँ, कसैले पनि हाम्रो घाँटी अठ्याउने गरी सम्झौता गर्न हामीलाई बाध्य पारेको छैन।”

कैयौँ एसियाली अधिकारीहरुले बेइजिङले प्रदान गर्ने रकम अस्वीकार गर्न कठिन हुने अनुभव सुनाएका छन्।

उनीहरु बेइजिङसँगको सम्बन्धबाट लाभ लिनसक्नेमा आफू विश्वस्त रहेको पनि सुनाउँछन्।

तर त्यो बाटो खतरनाक पनि हुन्छ।

“यस क्षेत्रमा चीनको लगानीबाट नोक्सानी व्यहोरेका देशहरुले सवधानी अपनाउनुपर्ने भनेका कैयौँ किस्सा पनि सुनिन्छन्,” र्‍यापलर नामक वेवसाइटकी प्रमुख कार्यकारी एवं लामो समय फिलिपिन्स अब्जर्भरमा काम गरेकी पत्रकार मारिया रेसाले भनिन्।

“डुटेर्ते प्रशासनले हामी कमजोर रहेको स्वीकार गर्दै चीनलाई दिन सक्ने केही चीज हामीसँग भएको ठान्दै आएको छ, उनीहरुले केही नयाँ गर्न चाहिरहेका छन् तर के उनीहरु आफूले भनेजस्तै बाठा छन्? हामीले त्यसका लागि पर्खिनु र हेर्नुपर्छ।”

बदलिँदो सन्तुलन

तर अहिले हेर्दा चीनको हात माथि परिरहेको जस्तो देखिन्छ।

बेइजिङको वान बेल्ट वान रोड अवधारणा अन्तरगत विश्वभर बनाइने भनिएका महत्वकांक्षी पूर्वाधार परियोजनाले उसका एसियाका धेरै साझेदारहरुलाई चीनले दीर्घकालीन रुपमा चासो देखाइरहेको विश्वास दिलाएको छ।

यो बीचमा एसियाली देशहरुले उनीहरुको परम्परागत साझेदार रहेको अमेरिका राष्ट्रपति ट्रम्प निर्वाचित भएयता अविश्वशनीय बनिरहेको ठानिरहेका छन्।

उनीहरुले सार्वजनिक रुपमा यस्तो नबताएपनि आर्थिक र व्यापारिक रणनीतिले त्यस्तै देखाइरहेको छ।

फिलिपिन्सका अर्थमन्त्री डोम्नीगेज भन्छन् “अमेरिकासँगको हाम्रो व्यापारले निरन्तरता पाउनेछ तर अब पहिला जस्तो हाम्रो अर्थतन्त्रको ठूलो हिस्सा त्यसले ओगट्नेछैन्। सन् ६० को दशकमा हाम्रोमा अमेरिकी कारहरु मात्रै थिए तर अहिले हाम्रोमा चिनियाँ मोटरसाइकलहरु छन्, हामीले समयसँगै हिँड्नुपर्छ।”

चीनको नगद उसकै केही विशिष्ट जटिलताहरु सहित आउने गर्छ तर फिलिपन्सलाई हेर्दा चीनले कम्तीमा एसियाको आवश्यकतालाई ध्यान दिइरहेको प्रष्टै देखिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com