एसाइलम आवेदकहरुलाई युएससीआईएसले दियो ८ वटा फाइलिङ टिप्स


प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार

एसाइलम आवेदकहरुलाई युएससीआईएसले ८ वटा फाइलिङ टिप्सहरु दिएको छ । युएससीआईएसले हाल कागजी रुपमा भरिएका एसाइलम आवेदन आई ५८९ बढ्दो संख्यामा प्राप्त गरिरहेको उल्लेख गर्दै अपूर्ण वा अनुचित रूपमा दायर गरिएका आवेदनहरु अस्वीकार गर्ने चेतावनीसहित फाइलिङ टिप्सहरु दिएको हो ।

फाइलिङ अस्वीकृत हुनबाट जोगिन र युएससीआईएसद्वारा एसाइलम आवेदनको समयमै स्वीकृति सुनिश्चित गर्न, पूर्ण र हस्ताक्षर गरिएको आवेदन सही रूपमा पेश गर्नु महत्त्वपूर्ण रहेको युएससीआईएसको भनाई छ। फाइलिङ आवश्यकताहरूमा थप जानकारीको लागि ८ वटा फाइलिङ सुझावहरू र अनलाइन स्रोतहरू ध्यानपूर्वक समीक्षा गर्न सुझाव दिइएको छ ।

पहिलो, आवेदकदले आफु, आफ्नो पति वा पत्नी र छोराछोरीको लागि योग्यता आवश्यकताहरूको लागि फारम आई ५८९ मा रहेका निर्देशनहरूको समीक्षा गर्न सुझाव दिइएको छ । दोश्रो, अनलाइन फाइल गर्न सकिने नसकिनेबारे निर्धारण गर्न फाइलिङ निर्देशन उपकरण प्रयोग गर्न सुझाव दिइएको छ । तेश्रो, नयाँ संस्करण मिति ०३/०१/२३ को फारम आई ५८९ पेश गर्न सुझाव दिइएको छ । आवेदकले फारम र निर्देशनहरूमा पृष्ठको तलमा संस्करण मिति फेला पार्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चौथो, आवेदकले फारम आई ५८९ को सबै पृष्ठहरू समावेश गर्नुपर्छ। पाँचौं, फारम संस्करण मिति र पृष्ठ नम्बरहरू सबै पृष्ठहरूको तल देखिने सुनिश्चित गर्नुपर्छ भने सबै पृष्ठहरू एउटै फारम संस्करणका हुनुपर्छ । यदि फारमको कुनै पनि पृष्ठहरू हराइरहेका छन् वा फरक फारम संस्करणबाट छन् भने आवेदन अस्वीकार हुन सक्नेछ । छैठौं, आवेदकले पृष्ठ ९ को भाग ८ मा फारममा हस्ताक्षर गर्नुपर्छ।

सातौं, आवेदकले फारममा स्पष्टीकरण क्षेत्रहरूमा विवरण उल्लेख गर्नुपर्छ भने फारम अंग्रेजीमा भर्नुपर्छ। आठौं, फारम पेश गर्दा पासपोर्ट शैलीको फोटो, फारमको धेरै प्रतिहरू, वा सर्पोटिङ कागजातहरूको धेरै प्रतिलिपिहरू पेश नगर्न सुझाव दिइएको छ । थप फाइलिङ सुझावहरूको लागि फारम आई ५८९ पृष्ठको फाइलिङ सुझावहरू खण्ड हेर्न सकिनेछ ।

अस्वीकारहरू र प्रशोधन ढिलाइबाट बच्नको लागि आवेदकले आफ्नो सकारात्मक शरण आवेदन सही स्थानमा फाइल गर्नुपर्छ। तपाईंको फारम आई ५८९ कहाँ फाइल गर्ने भनेर निर्धारण गर्न अनलाइनमा हेर्न सकिन्छ । साथै युएससीआईएसको फाइलिङ निर्देशन उपकरण पनि प्रयोग गर्न सकिन्छ । आवेदकले प्रश्नहरूको शृङ्खलाको जवाफ दिएपछि उपलब्ध गराएको जानकारीको आधारमा युएससीआईएसको उपकरणले फारम कहाँ फाइल गर्ने भन्ने बारे जानकारी प्रदान गर्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com