कागजपत्रविहिन आप्रवासीहरूलाई न्युयोर्कमा नआउन गभर्नर क्याथी होकुलको सुझाव


प्रकाशित मिति : आश्विन ८, २०८० सोमबार

Migrants who crossed the Rio Grande from Mexico to the U.S. work their way through concertina wire, Friday, Sept. 22, 2023, in Eagle Pass, Texas. (AP Photo/Eric Gay)

न्युयोर्ककी गभर्नर क्याथी होकुलले कागजपत्रविहिन आप्रवासीहरूलाई न्युयोर्क आउनुको साटो अन्यत्र कतै जान सुझाव दिइकी छिन् । उनले अमेरिका मेक्सिको सीमामा कागजपत्रविहिन आप्रवासीको अर्को बृद्धिको बीचमा थप शरणार्थीहरूलाई न्युयोर्क राज्यमा यात्रा गर्नबाट रोक्न खोजेकी छिन्।

न्युयोर्कले कागजपत्रविहिन नयाँ आप्रवासीहरूलाई स्वीकार गर्नसक्ने क्षमता अब पुगेको उनले बताएकी छिन् । आप्रवासीहरुलाई देश छोड्नु अघि शरणको लागि आवेदन दिन वा उनीहरू अमेरिका आइपुगेको खण्डमा अन्य राज्यहरूमा शरण लिन होकुलले आग्रह गरेकी छिन् ।

होकुलले भनिन् यदि तपाईं आफ्नो देश छाड्दै हुनुहुन्छ भने अन्यत्र कतै जानुहोस् । यदि तपाईं न्युयोर्क आउनुहुन्छ भने तपाईंको आश्रयका लागि थप कोठाहरू हुने छैनन् ।

न्युयोर्क सिटीमा आश्रयको अधिकारको कानुनलाई खारेज गर्ने वा अपडेट गर्ने प्रयासको समर्थन गर्ने समेत होकुलले बताएकी छिन् । यो कानुन अन्तरगत न्युयोर्क सिटीले घरबारविहीन व्यक्तिहरूको लागि अध्यागमन स्थितिको पर्वाह नगरी आवास, खाना र अन्य आवश्यकताहरू प्रदान गर्न आवश्यक छ । यो सार्वभौमिक अधिकारको अर्थ सम्पूर्ण संसारलाई नै न्युयोर्क सिटीले आश्रय दिने दायित्व लिने उद्देश्य नरहेको उनले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेक्सिकोबाट रियो ग्रान्डे पार गरेर अमेरिका पुगेका आप्रवासीहरू इगल पास, टेक्सासमा तारजाली छिचोल्दै । एपी फोटो /एरिक गे

होकुलको टिप्पणीहरूले डेमोक्र्याटका लागि आप्रवासनमा उनको अडानमा परिवर्तन भएको देखिन्छ । उनले आप्रवासीहरूका लागि वर्क परमिटको लागि पनि जोड दिएकी छिन् । उनले राष्ट्रपति जो बाइडेनलाई भेनेजुएलाका शरण खोज्नेहरुका लागि टीपीएस विस्तार गर्न समेत आग्रह गरेकी छिन् । बाइडेन प्रशासन नीतिहरूले धेरै आप्रवासीहरूलाई अवैध रूपमा देश प्रवेश गर्न प्रोत्साहित गरिरहेको आलोचकहरुको भनाई छ ।

अमेरिका मेक्सिको सीमामा अध्यागमनको बृद्धिको बीचमा न्युयोर्क सिटीमा एकबर्षमा १ लाख १६ हजार भन्दा बढी शरण खोज्नेहरुको आगमन भएको छ। होकुलका टिप्पणीहरूले न्युयोर्कका मेयर एरिक आडम्सको प्रयासलाई प्रतिध्वनित गरेको छ, जसले जुनमा नयाँ आप्रवासीहरुलाई न्युयोर्क सिटीमा आउनबाट रोक्नको लागि नयाँ मार्केटिङ अभियानको भागको रूपमा अमेरिका मेक्सिको सीमामा फ्लायरहरू वितरण गर्न थालेका थिए।

आडम्सले दक्षिणी सिमाना सुरक्षित गर्न पर्याप्त काम नगरेकोमा बाइडेन प्रशासनको आलोचना गरेका छन् । यदि संघीय सरकारले न्युयोर्क सिटीलाई थप कोष र स्रोतहरू उपलब्ध नगराएमा आप्रवासी संकटले न्युयोर्क सिटीलाई ध्वस्त गर्ने उनले बताएका छन् ।

न्युयोर्कका रिपब्लिकनहरूले लामो समयदेखि होकुललाई राज्यको कागजपत्रविहिनलाई संरक्षण गर्ने नीति र न्युयोर्क सिटीको आश्रयको अधिकारलाई सुनिश्चित गर्ने कानुन खारेज गर्न आह्वान गर्दै आएका छन् । यी नीतिहरूले राज्यमा धेरै कागजपत्रविहिन आप्रवासीहरूलाई आकर्षित गरिरहेको उनीहरुको तर्क छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com