अमेरिकाको गैर आप्रवासी भिसा थप्दा/स्टाटस परिवर्तन गर्दा बायोमेट्रिक्स छुट, ८५ डलर शुल्क पनि नलाग्ने


प्रकाशित मिति : आश्विन ८, २०८० सोमबार

अक्टोबर १ देखि लागु हुने गरी अमेरिकाको गैर आप्रवासी भिसा थप्दा र स्टाटस परिवर्तन गर्दा ८५ डलर बायोमेट्रिक शुल्क नलाग्ने भएको छ । युएससीआईएसले आज गरेको घोषणा अनुशार गैरआप्रवासी स्थिति विस्तार वा परिवर्तन गर्ने आवेदन आई ५३९ का लागि बायोमेट्रिक सेवा शुल्क छुट दिइने भएको छ ।

आवेदन प्रक्रियाको एक भाग को रूपमा रहेको ८५ डलर बायोमेट्रिक सेवा शुल्क छुट गरिने र यदि आवेदन अक्टोबर १ वा पछि पोस्टमार्क गरिएको छ भने शुल्क तिर्न आवश्यक नभएको युएससीआईएसले प्रष्ट पारेको छ । यद्यपि अक्टोबर १ अघिका आवेदनका सन्दर्भमा भने निश्चित आवेदकहरुले बायोमेट्रिक अपोइन्टमेन्टको लागि सुचना पाउनेछन् भने उनीहरु त्यो अपोइन्टमेन्टमा निर्धारित समय अनुसार उपस्थित हुनुपर्छ।

तर धेरै जसो केसहरूमा अक्टोबर १ पछि आवेदकहरूलाई बायोमेट्रिक सेवाहरूको अपोइन्टमेन्टमा उपस्थित हुने समय निर्धारण गरिने छैन। यद्यपि युएससीआईएसले बायोमेट्रिक्स आवश्यक छ भनी निर्धारण गरेमा आवेदकले आफ्नो बायोमेट्रिक सेवा अपोइन्टमेन्टको लागि उपस्थित हुने जानकारी सहितको सूचना प्राप्त गर्नेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि आवेदकले गल्तीले बायोमेट्रिक सेवा शुल्क बुझाएमा र उक्त शुल्क आई ५३९ को शुल्क भन्दा छुट्टै पेश गरेको खण्डमा युएससीआईएसले बायोमेट्रिक सेवा शुल्क फिर्ता गर्नेछ भने भिसा थप वा स्टाटस परिवर्तनको फारम स्वीकार गर्नेछ । तर आवेदकले गल्तीले बायोमेट्रिक सेवा शुल्क बुझाएमा र उक्त शुल्क आई ५३९ को शुल्कसँगै एकसाथ जोडेर पेश गरिएमा भने त्यो गलत फाइलिङ मानिनेछ । यो अवस्थामा सम्पूर्ण आवेदन युएससीआईएसले अस्वीकार गर्नेछ । यदि आवेदकले क्रेडिट कार्ड भुक्तानीमा बायोमेट्रिक शुल्क समेत जोडेर पठाएमा युएससीआईएसले आवेदन स्वीकार गरेर आवेदन शुल्क मात्र लिनेछ ।

बायोमेट्रिक सेवा शुल्क छुट अक्टोबर १ वा त्योपछि आवेदन दिने सबै आवेदकहरूलाई लागू हुनेछ, जसमा एच फोर, एल टु र ई मा स्टाटस परिवर्तन गर्न चाहनेहरु समेत पर्नेछन् । उनीहरुका लागि युएससीआईएसले सेप्टेम्बर ३० सम्म बायोमेट्रिक्स आवश्यकता निलम्बन गरेको थियो। अब उनीहरु सहित सबैलाई छुट हुनेछ । आर्थिक बर्ष २०२२ को प्रगति रिपोर्टमा उल्लेख गरिए अनुसार युएससीआईएसले सबै आई ५३९ आवेदकहरूको लागि बायोमेट्रिक सेवा शुल्क र आवश्यकता हटाउने लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com