अमेरिका चीनबीच बौद्धिक सम्पत्ति विवाद


प्रकाशित मिति : भाद्र ३, २०७४ शनिबार

अमेरिकाले चीन विरुद्ध बौद्धिक चोरी गरेको आरोपमाथि औपचारिक अनुसन्धान शुरु गरेको छ।

राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही समयपछि ट्रम्प प्रशासनले चिनियाँ व्यापार प्रचलनमाथि गरेको यो पहिलो प्रत्यक्ष कारवाही हो।

वाशिङटनले बेइजिङलाई बृहत् चिनियाँ बजारमा व्यापार गर्न पाउनुको मूल्यमा प्राविधिक सूचना उपलब्ध गराउन अमेरिकीहरुलाई बाध्य पार्ने गरेको आरोप लगाउँछ।

ट्रम्पले त्यस्तो व्यवहार अब सह्य नहुने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घाटा

बौद्धिक चोरीले अमेरिकालाई वार्षिक ६०० अर्ब डलर घाटा पर्ने बताइएको छ

चीनले यो व्यापार लडाइबाट विश्वका दुई ठूला अर्थतन्त्र दुवैलाई मर्का पार्ने चेतावनी दिएको छ।

अधिकारीहरुले प्रतिक्रियाहरु संकलन गर्ने र सेक्सन ३०१ अनुसन्धान अन्तर्गत अक्टोबरमा सुनुवाइ गर्ने बताएका छन्।

अनुसन्धानपछि अमेरिकाले विश्व व्यापार संगठन समक्ष यो विवाद लग्न सक्छ या आँफै कारवाही गर्नसक्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com