डाका गैरकानुनी रहेको अमेरिकाका संघीय न्यायाधिसको घोषणा, के हुन्छ ६० नेपालीलाई?


प्रकाशित मिति : भाद्र २७, २०८० बुधबार

OLYMPUS DIGITAL CAMERA

टेक्सासका एक संघीय न्यायाधीशले बुधवार ओबामाकालिन डिफर्ड एक्शन फर चाइल्डहुड अराइभल्स डाका कार्यक्रमलाई संरक्षण गर्ने सरकारी नीति गैरकानुनी भएको फैसला सुनाएका छन् । अदालतको यो फैसलाले बाइडेन प्रशासनलाई ठूलो धक्का पुगेको छ ।

गत वर्ष बाइडेन प्रशासनले बालबालिकाको रूपमा अमेरिकामा ल्याइएका कागजपत्रविहीन आप्रवासीहरूलाई संरक्षण गर्ने कार्यक्रमलाई जोगाउने नीति ल्याएको थियो । उक्त नीतिलाई संघीय नियमनमा संहिताबद्ध गर्न नियम जारी गरिएको थियो ।

तर बुधवार फाइलिङमा, टेक्सासको दक्षिणी जिल्लाका न्यायाधीश एन्ड्र्यू हानेनले डाका गैरकानूनी भएको घोषणा गरेका छन् । यो नियमले प्रशासनिक प्रक्रिया ऐनलाई उल्लङ्घन गरेको उनको तर्क छ । प्रशासनिक प्रक्रिया ऐन एक कानून हो, जसले एजेन्सीहरूले कसरी नियमहरू बनाउने भन्नेबारे दिशानिर्देश गर्छ ।

डाका कार्यक्रम अन्तरगत अहिले ६० जना नेपालीहरु रहेको तथ्यांक रहेको छ । अदालतको आदेशले डाका कार्यक्रमको वर्तमान लाभार्थीहरूलाई असर नगर्ने भएकाले ती ६० जना नेपालीहरु तत्कालै डराउनुपर्ने अवस्था भने छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो आदेशका कारण कुनै पनि डाका प्राप्तकर्ता, आवेदक वा अन्य कुनै व्यक्ति विरुद्ध अध्यागमन, निर्वासन, वा आपराधिक कारबाही गर्न आवश्यक नहुने न्यायाधिसले प्रष्ट पारेका छन् । यो कार्यक्रम सन् २०२१२ मा बाइडेन प्रशासनले सिर्जना गरेको हो ।

woman in gold dress holding sword figurine

बालबालिकाको रूपमा अमेरिकामा ल्याइएका कागजातविहीन आप्रवासीहरूलाई अस्थायी राहत प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको थियो, जसलाई प्राय ड्रीमरहरू भनेर वर्णन गरिन्छ । यो कार्यक्रमले उनीहरूलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिन्छ। तिनीहरूमध्ये धेरै अहिले वयस्क भइसकेका छन्। सरकारी तथ्याङ्क अनुसार मार्चको अन्त्यसम्म ५ लाख ७८ हजार ६ सय ८० आप्रवासीहरू यस कार्यक्रम अन्तरगत रहेका छन् ।

बाइडेन प्रशासनले गत वर्ष डाकालाई संरक्षण र सुदृढ पार्नको लागी एक नियम जारी गरेको थियो । जनवरीमा रिपब्लिकन नेतृत्वका नौ राज्यहरूले नियम रोक्न आग्रह गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

बुधबारको फैसला संघीय अपील अदालतले डाका गैरकानूनी भएको उनको अघिल्लो निर्णयलाई ठूलो मात्रामा समर्थन गरेपछि आएको हो। त्यो निर्णयले सरकारलाई कार्यक्रमको लागि नयाँ आवेदनहरू अनुमोदन गर्नबाट रोकेको थियो तर मुद्दा चलिरहेको बेला हालका डाकावाहकलाई स्टाटस जारी राख्न अनुमति दिएको थियो । आज पनि अवस्था त्यही छ ।

आप्रवासी अधिकारकर्मीहरुले बारम्बार संसदसमक्ष डाकाप्राप्तकर्ताहरूलाई सुरक्षा प्रदान गर्न आग्रह गरेका छन्, तर ती प्रयासहरू असफल भएका छन्। डेमोक्र्याट र रिपब्लिकनहरूले अमेरिकामा बालबालिकाको रूपमा ल्याइएका हजारौं कागजातविहीन आप्रवासीहरूप्रति सहानुभूति राखेका छन्, जसमध्ये धेरैजना १० वर्षभन्दा कम उमेरका थिए। तर डेमोक्र्याट र रिपब्लिकनबीच उनीहरुका विषयमा द्विपक्षीय सम्झौता हासिल गर्न कठिन भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com