असाधारण योग्यताको ग्रिनकार्ड ईबी वानका लागि चाहिने प्रमाणबारे युएससीआईएसबाट अपडेट


प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार

असाधारण योग्यताको ग्रिनकार्ड ईबी वानका लागि चाहिने प्रमाणबारे युएससीआईएसले सेप्टेमबर १२ देखि लागु हुनेगरी नीति निर्देशिका अपडेट गरेको छ । रोजगारमा आधारित अध्यागमन भिसा वर्गीकरणका लागि योग्यता निर्धारण गर्न युएससीआईएसले असाधारण क्षमता ई ११ र उत्कृष्ट प्रोफेसर वा शोधकर्ता ई १२ का लागि चाहिने प्रमाणका प्रकारहरू स्पष्ट गर्न नीति निर्देशिका अपडेट गरको हो ।

अपडेटले विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणितका क्षेत्रलाई प्राथमिकता दिदै सान्दर्भिक प्रमाणका उदाहरणहरू वर्णन गर्ने स्पष्ट मार्गदर्शन थपेको छ । यसले प्रमाणहरूको मूल्याङ्कनका लागि सहज हुने तथा लाभार्थीको योग्यता स्थापित गर्न उपयुक्त प्रमाण पेश गर्न समेत आवेदकलाई सहज हुने युएससीआईएसको अपेक्षा रहेको छ ।

अधिकारीहरूले असाधारण क्षमता ई ११ र उत्कृष्ट प्रोफेसर वा शोधकर्ता ई १२ को लागि योग्यता निर्धारण गर्न प्रमाणहरूको समग्रता कसरी मूल्याङ्कन गर्छन् भन्नेबारे स्पष्ट पार्दै अधिकारीहरूले विचार गर्न सक्ने सकारात्मक कारकहरूको उदाहरणहरू समेत समावेश गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विज्ञान, कला, शिक्षा, व्यवसाय, वा एथलेटिक्समा असाधारण क्षमता भएका व्यक्तिहरूले पहिलो श्रेणीको आप्रवासी भिसा आवेदन आफैले पनि दिन सक्छन् । त्यसका लागि जागिरको अफर वा अमेरिकी श्रम विभागबाट लेबर सर्टिफिशेन आवश्यक पर्दैन ।

त्यस्तै निजी रोजगारदाता, विश्वविद्यालय, उच्च शिक्षा संस्था, लगायतका रोजगारदाताले अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट र उत्कृष्ट रूपमा मान्यता प्राप्त प्रोफेसर वा अनुसन्धानकर्ताको लागी ई १२ श्रेणीमा आवेदन गर्न सक्छन् । असाधारण क्षमताका गैरआप्रवासीहरूका लागि ओ वान ए श्रेणीको पहिले जारी गरिएको गैरआप्रवासी मार्गनिर्देशन जस्तै नयाँ अपडेटमा पनि थप विस्तृत मार्गदर्शन र उदाहरणहरू समावेश गरिएको छ ।

नीति निर्देशिकामा असाधारण योग्यताको ग्रिनकार्डका लागि अवार्ड कस्तो चाहिने, सम्बन्धित संस्थाको सदस्यता कस्तो चाहिने, आवेदकको बारेमा प्रकाशित सामाग्रीहरु कस्तो चाहिने लगायत १० वटै प्रकारका मापदण्डबारे विस्तारमा व्याख्या गरिएको छ । उक्त अपडेट विस्तारमा पढ्न यहाँ क्लीक गर्नुहोला ।

त्यस्तै उत्कृष्ट प्रोफेसर वा शोधकर्ताका सन्दर्भमा आवश्यक ६ वटा मापदण्डबारे पनि विस्तारमा उदाहरणसहित व्याख्या गरिएको छ । उक्त अपडेट विस्तारमा पढ्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com