सेप्टेम्बर १३ देखि एसाइलम अन्तरवार्तामा यी योग्यता भएका नेपाली भाषा अनुवादक लैजानु पर्ने


प्रकाशित मिति : भाद्र २७, २०८० बुधबार

भोलि सेप्टेम्बर १३ देखि युएससीआईएसमा एसाइलम अन्तरवार्तामा जाँदा दोभाषे चाहिनेले आफैले नेपाली भाषा अनुवादक लैजानु पर्ने भएको छ । सेप्टेम्बर १२ सम्म नेपाली भाषा अनुवादक सरकारले नै निशुल्क प्रदान गर्दै आएकोमा सेप्टेम्बर १३ देखि अङ्ग्रेजीमा अन्तर्वार्ता दिन नसक्ने एसाइलम आवेदकहरूले आफ्नै दोभाषेहरू उपलब्ध गराउनु पर्नेछ ।

कोरोनाको महामारीका कारण सन् २०२० को सेप्टेम्बरदेखि भाषा अनुवादक लैजान नपर्ने नियम लागु गरिएको थियो । कोरोना सम्बन्धित सार्वजनिक स्वास्थ्य आपतकालको संघीय घोषणा मे २०२३ मा समाप्त भइसकेको छ । त्यसपछि धेरै सरकारी अभ्यासहरु पहिलेकै अवस्थामा आइरहेका छन् ।

अब एसाइलम आवेदकलाई भाषा अनुवादकको आवश्यकता परेको खण्डमा आफै शुल्क तिरेर लैजानुपर्नेछ । यदि आवेदकको अँग्रेजी राम्रो छैन र दोभाषे चाहिएको छ तर दोभाषे ल्याएको छैन भने वा दोभाषे अंग्रेजी र आवेदक बोल्ने भाषामा धाराप्रवाह छैन भने युएससीआईएसले आवेदक अन्तर्वार्तामा उपस्थित हुन असफल भएको मानेर एसाइलम अन्तर्वार्ता खारेज गर्न सक्ने वा एसाइलम आवेदन अध्यागमन न्यायाधीशलाई रिफर गर्ने युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि दोभाषे ल्याउन नसक्नुको राम्रो कारण पेश गर्न सकेको खण्डमा भने आवेदकले अन्तरवार्ताको अर्को मिति पनि पाउनसक्नेछन् । आवेदन अनुशार यसबारे निर्णय गर्ने युएससीआईएसले प्रष्ट पारेको छ ।

  • अनुवादक अङ्ग्रेजी र आवेदकले बोल्ने भाषामा धाराप्रवाह हुनुपर्छ भने कम्तिमा १८ वर्षको हुनु पर्छ।
  • अनुवादक आवेदकको वकील वा मान्यता प्राप्त प्रतिनिधि हुनुहुदैन ।
  • अनुवादक आवेदकको तर्फबाट गवाही दिने साक्षी हुनुहुदैन ।
  • अनुवादक आवेदकको राष्ट्रियता भएको देशको सरकारको प्रतिनिधि वा कर्मचारी, आवेदक राज्यविहीन भएमा अन्तिम पटक बसेको देशको सरकारको प्रतिनिधि वा कर्मचारी हुनुहुदैन ।
  • अनुवादक अहिलेसम्म अन्तर्वार्ता नभएको पेन्डिङ एसाइलम आवेदन भएको व्यक्ति हुनुहुदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com