आफ्ना नागरिकहरुलाई १९ वटा देशको यात्रा नगर्न अमेरिकाको चेतावनी


प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार

text, letter

आफ्ना नागरिकहरुलाई विभिन्न १९ वटा देशको यात्रा नगर्न अमेरिकाको विदेश मन्त्रालयले चेतावनी दिएको छ । ती देशहरुका सन्दर्भमा विदेश मन्त्रालयले चौथो लेभलको यात्रा सुझाव जारी गरको हो । यात्रा गर्न नहुने कारणहरु भने विभिन्न प्रकारका छन् ।

यात्रा नगर्न चेतावनी दिएका देशहरुमा अफगानिस्तान, अफगानिस्तान, बेलारुस, बुर्किना फासो, बर्मा, मध्य अफ्रिकी गणतन्त्र, हाइटी, इरान, इराक, लिबिया, माली, नाइजर, उत्तर कोरिया, रसिया, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, युक्रेन, भेनेजुएला रहेका छन् ।

सशस्त्र द्वन्द्व, नागरिक अशान्ति, अपराध, आतंकवाद र अपहरणका कारण अफगानिस्तानको यात्रा नगर्न सुझाव दिइएको छ । बेलारूसी अधिकारीहरूले युक्रेन विरुद्ध रूसको युद्धको निरन्तर सहजीकरण गरेको, बेलारुसमा रूसी सैन्य बलहरू निर्माण गरेको , स्थानीय कानूनहरूको स्वेच्छाचारी कार्यान्वयन गरेको, नागरिक अशान्तिको सम्भावना रहेको, नजरबन्दको जोखिम र दूतावासको सीमितताका कारण बेलारुसको यात्रा नगर्न सुझाव दिइएको छ ।

person holding passport
Photo by Levi Ventura

त्यस्तै आतंकवाद, अपराध र अपहरणको कारण बुर्किना फासो यात्रा नगर्न भनिएको छ । अशान्ति र सशस्त्र द्वन्द्वको कारण बर्मा यात्रा नगर्न भनिएको छ भने सीमित वा अपर्याप्त स्वास्थ्य सेवा स्रोतहरूको कारणले बर्माको यात्रामा पुनर्विचार गर्न भनिएको छ । गलतरुपमा नजरबन्दी र भूसुरुंग तथा विष्फोट नभएको हातहतियार भएको क्षेत्रका कारण सावधानी अपनाउन सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अपहरण, अपराध, नागरिक अशान्ति, र कमजोर स्वास्थ्य सेवा पूर्वाधारको कारण हाइटीको यात्रा नगर्न भनिएको छ । जुलाई २७ मा अमेरिकी विदेश मन्त्रालयले आफ्ना सरकारी कर्मचारीहरू र गैरआकस्मिक अमेरिकी सरकारी कर्मचारीहरूको परिवारका सदस्यहरूलाई हाइटी छोड्ने आदेश दिएको थियो । हालको सुरक्षा अवस्था र पूर्वाधार चुनौतिहरूको सन्दर्भमा हाइटीमा रहेका अमेरिकी नागरिकहरूले व्यापारिक वा अन्य निजी रूपमा उपलब्ध यातायात विकल्पहरू मार्फत जति सक्दो चाँडो हाइटी छाड्न भनिएको छ । पोर्ट ओ प्रिन्स छोड्न चाहने अमेरिकी नागरिकहरूले स्थानीय समाचारहरू अनुगमन गर्न र सुरक्षित ठानेमा मात्र स्थान छाड्न भनिएको छ ।

थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com