एसाइलम आवेदक लगायत दशौं हजारलाई युएससीआईएसबाट अचानक नोटिफिशेन पठाउन सुरु


प्रकाशित मिति : भाद्र १९, २०८० मंगलबार

बाइडेन प्रशासनले अमेरिकाभरका दशौं हजार आप्रवासीहरूलाई वर्क परमिटको लागि आवेदन दिन सम्झाउँदै सूचनाहरू पठाएको छ । यो न्युयोर्क र अन्य शहरहरूमा नयाँ आगमनहरू राख्न संघर्ष गरिरहेका अधिकारीहरूको दबाबको प्रतिक्रियामा लिइएको कदम हो ।

बिहिबारदेखि युएससीआईएसले वर्क परमिटकालागि आवेदन दिन योग्य आप्रवासीहरूलाई इमेल र टेक्स्ट मेसेजहरु पठाइरहेको छ । जसमा अमेरिकामा आएर एसाइलम खोज्नेहरु रहेका छन् । युएससीआईएसले आवेदनको लिंकसहित पठाएको सन्देशमा भनिएको छ तपाईंले यो सन्देश प्राप्त गरिरहनुभएको छ किनभने तपाईंलाई अमेरिकामा परोल गरिएको थियो । तपाईंले अनलाइनबाटै वर्क परमिटको लागि आवेदन दिन सक्नुहुन्छ ।

युएससीआईएसको निरीक्षण गर्ने यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका एकजना प्रवक्ताले पनि यसको पुष्टी गर्दै कामका लागि योग्य तर वर्क परिमटका लागि आवेदन नगरेका गैर नागरिकहरूका लागि पहिलो प्रकारको राष्ट्रिय अभियान सुरु गरेको बताएका छन् ।

सूचनाहरू एक प्रक्रिया अन्तर्गत अमेरिका प्रवेश गरेका आप्रवासीहरूलाई पठाइएको छ । विशेष कार्यक्रमबाट अमेरिका आएका क्युबाली, हाइटियन, निकारागुवान्स र भेनेजुएलाका नागरिकहरुका साथै सीबीपी वानमार्फत अप्वाइन्टमेन्ट लिएर मेक्सिको सीमाबाट अमेरिका प्रवेश गरेकाहरुलाई पनि सूचनाहरु पठाइएको छ । बाइडेन प्रशासनले आप्रवासी प्यारोल प्राधिकरण अन्तर्गत दुबै जनसंख्यालाई प्रशोधन गरिरहेको छ, जसले आप्रवासीहरूलाई सामान्यतया २ बर्ष काम गर्न र अमेरिकामा कानूनी रूपमा अस्थायी आधारमा बस्न अनुमति दिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसाइलमका मुद्दा दायर गरेका आप्रवासीहरूले पनि सूचनाको संस्करण प्राप्त गर्नेछन् । तिनीहरूका मुद्दाहरू कम्तिमा १५० दिनको लागि विचाराधीन छन् भने उनीहरुले वर्क परमिट आवेदन दिनका लागि सूचना पाउनछन् । अमेरिकी कानूनले शरणको आवेदन पेश गरेको १८० दिनपछि मात्रै वर्क परमिट प्राप्त गर्न अनुमति दिन्छ।

शरण खोज्नेहरूको लागि पठाइएको सूचनामा भनिएको छ तपाईंले यो सन्देश प्राप्त गर्दै हुनुहुन्छ किनभने तपाईंले शरणको लागि आवेदन दिनुभएको थियो र चाँडै नै वर्क परमिटका लागि आवेदन दिन योग्य हुन सक्नुहुन्छ ।

सार्वजनिक सन्देश अभियानबारे गत बुधबार ह्वाइट हाउसमा बाइडेन प्रशासनका शीर्ष अधिकारीहरू र न्यूयोर्ककी गभर्नर क्याथी होकुलबीचको बैठकमा सहमति भएको थियो । होकुलले संघीय सरकारसमक्ष राज्यलाई हजारौं आप्रवासीहरूलाई समायोजन गर्न मद्दत गर्न आह्वान गरेकी थिइन् ।

ह्वाइट हाउसले आप्रवासीहरूलाई वर्क परमिटको लागि आवेदन दिन र संघीय एजेन्सीहरूले आवास, स्वास्थ्य सेवा र शैक्षिक आवश्यकताहरूको साथ नयाँ आगमनहरूलाई सहयोग गर्न सक्ने तरिकाहरू खोज्न मद्दत गर्न टोलीहरू तैनाथ गर्ने पनि जनाएको छ । यो घोषणा गभर्नर होकुल, न्युयोर्क शहरका मेयर एरिक आडम्स र अन्य स्थानीय डेमोक्रेटिक नेताहरूको महिनौंको दबाब पछि आएको हो । उनीहरुले प्रशासनलाई आप्रवासीहरूलाई वर्क परमिट प्राप्त गर्न मद्दत गर्ने उपायहरू खोज्न आह्वान गरेका थिए ।

न्युयोर्क शहरले मात्रै एयरपोर्ट ह्याङ्गर लगायत २०० भन्दा बढी होटल, टेन्ट र अन्य सुविधाहरूमा ६०,००० आप्रवासीहरूलाई बसाइरहेको छ। स्पोन्सरसिप नीति अन्तर्गत अक्टोबर २०२२ देखि २ लाख भन्दा बढी क्युबाली, हाइटियन, निकारागुआन्स र भेनेजुएलाका नागरिकहरू अमेरिका आइपुगेका छन्। यसबाहेक जनवरी र जुलाईको अन्त्यको बीचमा सीबीपी वान सरकारी एप मार्फत अपोइन्टमेन्टहरू सुरक्षित गरेपछि १ लाख ८० आप्रवासीहरूलाई पोर्ट अफ इन्ट्रीमा प्रशोधन गरिएको थियो। विना भिसा अमेरिका छिरेका झण्डै तीन लाख थप आप्रवासीहरू यस वर्ष अदालतको सूचनासहित रिहा भएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com