आईसीससँग सम्बन्ध रहेका तस्करले आप्रवासीहरूलाई मेक्सिकोबाट अमेरिका प्रवेश गराएको खुलासा


प्रकाशित मिति : भाद्र १३, २०८० बुधबार

आतंकवादी संगठन आईसीससँग सम्बन्ध रहेका तस्करले आप्रवासीहरूलाई मेक्सिकोबाट अमेरिका प्रवेश गराएको खुलासा भएको छ । अमेरिकी गुप्तचर अधिकारीहरूले आईसीससँग सम्बन्ध भएका तस्करहरुको सहयोगमा आप्रवासीहरू अमेरिका प्रवेश गरेको पत्ता लगाएपछि एफबीआईले अमेरिका प्रवेश गर्न अनुमति दिइएका उज्बेकिस्तान र अन्य देशका एक दर्जनभन्दा बढी आप्रवासीहरूबारे छानबिन गरिरहेको छ ।

एफबीआईले आईसीसको कुनै विशेष षड्यन्त्र पहिचान नगरेपनि अधिकारीहरूले अमेरिकामा प्रवेश गर्ने सबै व्यक्तिहरूको पहिचान र मूल्याङ्कन गर्न काम गरिरहेको जनाइएको छ । अधिकारीहरुले धेरै आप्रवासीहरूलाई सम्भावित आपराधिक खतराको रूपमा नजिकबाट छानबिन गरिरहेको जनाइएको छ । अहिलेसम्म यसरी अमेरिका छिरेका कसैलाई हिरासतमा राख्नुपर्ने औचित्य प्रमाणित गर्न कुनै प्रमाण प्राप्त नभएको जनाइएको छ ।

यद्यपी यो विषयलाई निकै गम्भिरताका साथ लिइएको छ । शरणको खोजीमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको भीडमा आतंकवादीहरू लुकेर दक्षिणी सिमाना पार गर्न सक्ने गहिरो जोखिम रहेको देखिएको छ । जसका कारण यस घटनाले शीर्ष राष्ट्रिय सुरक्षा र प्रशासनिक अधिकारीहरू बीच आकस्मिक बैठकहरू गर्नुपरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस वर्षको सुरुमा उज्वेकिस्तानका आप्रवासीहरूको एक समूहले अमेरिकाका शरणको अनुरोध गरेको थियो । उनीहरुलाई होमल्याण्ड सेक्युरिटी विभागद्वारा जाँच गर्दा कुनै खतराको संकेत भने देखिएको थिएन । पछिमात्र एफबीआईले विदेशी नागरिकहरूलाई अमेरिकामा यात्रा गर्न मद्दत गर्ने मानव तस्करी गिरोहको सम्बन्धका बारेमा थाहा पाएको थियो । उक्त सञ्जालमा कम्तीमा एकजनाको आईसीससँग सम्बन्ध भएको देखिएको थियो ।

त्यसपछि देशभरका एफबीआई एजेन्टहरू तुरुन्तै आप्रवासीहरू पत्ता लगाउन र तिनीहरूको पृष्ठभूमि अनुसन्धान गर्न हतारिएका थिए । ब्यूरोले टर्कीका अधिकारीहरूसँग पनि काम गरेको जनाइएको छ, जसले अमेरिकाको आदेशमा तस्कर र उसको नेटवर्कका अन्य सदस्यहरूलाई गिरफ्तार गरेको थियो । अनुसन्धानका क्रममा अमेरिकाले उनीहरुबाट पनि जानकारी प्राप्त गरेको थियो ।

उक्त सञ्जालको सहयोगमा अमरिका छिरेका आप्रवासीहरुको सम्बन्ध आईसीससग भएकोबारे भने कुनै सङ्केत छैन । साथै उनीहरु अमेरिकामा आतंकवादी हमलाको योजनामा ​​संलग्न भएको पनि कुनै संकेत नरहेको अधिकारीहरुको भनाई छ । आईसीस सम्बन्धित तस्कर आतंककारी समूहको सदस्य भएको भने विश्वास गरिएको छैन, तर अमेरिकी अधिकारीहरूका अनुसार संगठनसँग व्यक्तिगत सहानुभूति राख्ने स्वतन्त्र ठेकेदार जस्तो रहेको छ। उसले आईसीसको निर्देशनमा यी व्यक्तिहरूलाई सहयोग गरिरहेको कुनै प्रमाण भने भेटिएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com