के के भयो विश्वका नेताहरु को शिखर बैठकमा ?


प्रकाशित मिति : भाद्र २२, २०७३ बुधबार

चीनको हाङझाउ सहरमा आयोजित विश्वका प्रमुख २० अर्थतन्त्रका सरकार प्रमुखहरूको शिखर बैठक सम्पन्न भएको छ । बैठक समापनपछि पत्रकार सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङले सम्मेलनप्रति विश्वमा असाधारण चाख र उच्च अपेक्षा देखिएको बताए ।

गत आइतवार सुरु भएको बैठकमा आर्थिक वृद्धि तथा वित्तीय अनुशासन तथा नियमनका विषयमा छलफल भएको थियो । बैठकमा विश्व अर्थतन्त्रका अतिरिक्त जलवायु परिवर्तन, शरणार्थी समस्या, आतंकवाद नियन्त्रण तथा जनस्वास्थ्यका विषयमा छलफल भएको थियो । बैठकमा विश्व अर्थतन्त्रका समस्या र समाधानका उपाय पहिल्याइएको दाबी राष्ट्रपति सीले गरेका थिए ।

‘नवीनता, पुनर्जिवन्तता, अन्तर्सम्बन्धित र समावेशी विश्व अर्थतन्त्रको निर्माण’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा दुई दिन आर्थिक वृद्धिको नयाँ पाटो, मजबुत अन्तर्रा्िष्ट्रय व्यापार र लगानी, समावेशी तथा अन्तर्सम्बन्धित विकास, चुस्त विश्व आर्थिक तथा फाइनान्सियल नियमन आदि एजेडामा छलफल भएको छ ।

यसअघि सम्मेलनमा चीनिया राष्ट्रपति सीले ‘चीन विकासको नयाँ शुरुवात, सारा विश्वको वृद्धिको नयाँ नक्सा’ शीर्षकको लिखित सम्वोधनमा विश्व समाजका लागि अझ बढी सार्वजनिक वस्तु उपलब्ध गराउँदै जान चीन इच्छुक रहेको बताएका थिए । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ समकक्षी सी जिनपिनलाई आइसक्रिमको एउटा भाँडो उपहार दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो कार्यकालको सम्भवतः अन्तिम चीन भ्रमणका सिलसिलामा अमेरिकाका राष्ट्रपति बाराक ओबामा सहित रुस, अष्ट्रेलिया, भारत, युरोपियन युनियन सहित संयुक्त राष्ट्रसंघ लगायतका प्रतिनिधि सहभागी भएका थिए ।

ओबामासँगको भेटमा चिनियाँ राष्ट्रपति सिले द्विपक्षीय सम्बन्धको स्वस्थ विकासका लागि वासिङ्गटनले मैत्री विश्वासका आधारमा दृढताका साथ मतभेदको नियन्त्रण तथा व्यवस्थापन गर्न आग्रह गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com