गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोज्दा भारत-नेपाल सीमा नजिकै अमेरिकी नागरिक पक्राउ


प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार

white and red labeled box

Photo by ConvertKit

गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोज्दा एक अमेरिकी महिला बिहीबार भारत–नेपाल सीमा नजिकै पक्राउ परेकी छन् । अभियुक्त कोलिन प्याट्रिक लिन्च (३५) सँग नक्कली आधार कार्ड भएको र नेपाल प्रवेश गर्न आवश्यक भिसा नभएको भेटिएको नौतनवा सर्कल अफिसर आभा सिंहले बताएका छन् ।

भारतबाट नेपाल आउँदै गर्दा अमेरिकी राहदानी बोकेकी लिन्चलाई सुनौली क्षेत्रमा नियमित चेकजाँचका क्रममा पक्राउ गरिएको सिंहले बताएका छन् । उनी विरुद्ध मुद्दा दर्ता गरिएको छ र गुप्तचर ब्यूरोलाई सूचित गरिएको छ ।

नेपाल -भारत सिमाना

विना भिसा नेपाल प्रवेश गर्न खोज्दा अमेरिकी नागरिकहरु पक्राउ पर्ने घटना नयाँ भने होइन । गत मार्चमा पनि नक्कली भिसा र राहदानी कागजातमा नेपाल छिर्ने क्रममा उत्तर प्रदेशको महाराजगञ्जमा एक अमेरिकी नागरिकलाई पक्राउ गरिएको थियो । सुनौली चेकपोष्टका अध्यागमन अधिकृत सब्बीर कुमारका अनुसार भारतबाट नेपाल आउँदै गरेका अमेरिकी नागरिक एरिक ड्यानियल बेकविथ (६४)लाई अध्यागमन विभागले सुनौली इलाकाबाट भिसाका कागजपत्र र नक्कली राहदानी सहित पक्राउ गरेको थियो ।

उनीविरुद्ध भारतीय दण्ड संहिताको धारा ४१९ (नक्कल गरेर ठगी) र ४२० (ठगी) र विदेशी कानूनको धारा १४ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । प्रहरीका अनुसार ती अमेरिकन नागरिक सन् २०१८ को जुनमा भारत प्रवेश गरेर ठूला सहरमा बस्दै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com