खाडी मुलुकको तुलनामा नेपालीको रोजाई मलेसिया, एकवर्षमा दुई लाख ६० हजार युवा प्रस्थान


प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार

People thronging at Tribhuvan International Airport in Kathmandu to leave for their respective destinations following the devastating earthquake in Nepal.

नेपालमै रोजगारीको अवसर प्रदान नहुँदा लाखौं नेपालीहरु देश छाड्ने क्रम जारी छ । नेपालीहरु आफ्नो जीविकोपार्जनको लागि दैनिकी हजारौंको सख्यामा घरपरिवार छाडेर विरानो देशमा गइरहेका छन् ।

पछिल्लो समय नेपालीहरुले वैदेशिक रोजगारीको लागि नयाँ नयाँ आकर्षक गन्तव्यहरु खोज्न थालेका छन् । तर, युरोप लगायतका देशहरुमा युवाहरुको आकर्षण देखिए पनि प्रायः युवाहरु खाडी मुलुक र मलेसिया जाने गरेका छन् । स्वदेशमै बसेर गुजारा चलाउन गाह्रो परेपछि नेपाली युवाहरु रोजगारीको लागि त्यता नै जाने गरेका हुन् । रोजगारीका लागि मलेसिया नेपालीहरुको आकर्षण र बाध्यता बनेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै नेपाली रोजगारीका लागि मलेसिया गएका छन् । एक वर्षमा ७ हजार २९९ महिलासहित २ लाख ५९ हजार ५९४ जना मलेसिया जान नयाँ श्रम तथा पुनः श्रम स्वीकृति लिएका हुन् । जसमध्ये २ लाख १९ हजार ३५७ जना पहिलो पटक रोजगारीका लागि मलेसिया पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । कोभिड–१९ पछि ठूलो संख्यामा नेपाली श्रमिकहरु मलेसिया गएका हुन् ।

वैदेशिक रोजगार विभाग

कोरोना संक्रमणको समयमा मलेसियाबाट ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किनु परेको थियो । कोरोना पछि मलेसियामै गरिरहेको कम्पनीले फेरि अफर गर्दा मलेसिया जानेहरु बढेको विभागका निर्देशक कबिराज उप्रेती बताउँछन् । ‘कोभिड–१९ को समयमा ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किनु परेको थियो । कोरोनापछिको समयमा मलेसियामै गरिरहेको कम्पनीले फेरि अफर गर्दा पनि मलेसिया जाने बढेका हुन भन्ने हाम्रो बुझाई छ ’, निर्देशक उप्रेतीले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मलेसियाको भूगोल, हावापानी नेपालकोसँग मिल्दोजुल्दो भएकाले पनि त्यहाँको आकर्षण बढेको विभागको विश्लेषण छ । नेपालीहरु मलेसियामा वर्षौ पहिलेदेखि नै काम गर्दै आइरहेको र आफन्त, चिनजान र साथीभाईहरुको संगतले पनि यूवाहरु मलेसिया जाने गरेको उनले बताए । अन्य मुलुकहरुको तुलना मलेसिया जाने प्रक्रिया सहज, हवाई टिकट सस्तो र तीन वर्षको करार अवधीले पनि नेपाली यूवाहरुले मलेसियालाई रोज्ने गरेका छन् ।

मलेसिया सरकार पनि पछिल्लो समय श्रमिकको पक्षमा लचिलो बन्दै गएको छ । आधारभूत तलब बढाएर १५ सय रिंगिट पुराइएको छ । साथै, मलेसियाको सरकारले मृत्युदण्डको सजाय हुने लगायत केही कानुनमा सुधार गरेको छ । नेपाली श्रमिकहरुले वैदेशिक रोजगारीमा मलेसियालाई प्राथमिकतामा राख्ने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com