अमेरिकामा १० बर्षदेखि एसाइलमका पेन्डिङ मुद्दाको प्रतिक्षामा नेपालीहरु


प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार

हाल अमेरिकाको अध्यागमन अदालतमा नेपालीका ५७७२ मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्जुक्युटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ । जसमा अपराधसँग सम्बन्धित मुद्दाहरु ९ वटा रहेका छन् भने २३ वटा मुद्दाहरु अन्य श्रेणीमा रहेका छन् ।

विगत ६ महिनाको तुलनामा अदालतमा पेन्डिङ एसाइलमको संख्या बढ्दो रहेको छ । गत फेबु्रअरीमा अमेरिकाको अध्यागमन अदालतमा नेपालीका ४८५४ एसाइलमका मुद्दाहरु पेन्डिङ रहेका थिए जसमा ९ वटा मुद्दाहरु अपराधसँग सम्बन्धित थिए ।

अहिले अध्यागमन अदालतमा सबैभन्दा धेरै नेपालीका मुद्दाहरु न्युयोर्कको अदालतमा पेन्डिङ रहेका छन् । न्युयोर्कको अदालतमा पेन्डिङ मुद्दाको संख्या २१६६ रहेको छ । सान फ्रान्सिस्कोको अदालतमा ११८१ र सान एन्टोनियोको अदालतमा १०६९ मुद्दाहरु पेन्डिङ अवस्थामा रहेका छन् ।

न्युयोर्कको अदालतमा पेन्डिङ २१६६ मध्ये ४५९ इन्डिभिजुअल हेयरिङ तोकिएकाहरु छन् भने ४१६ मास्टर हेयरिङ तोकिएकाहरु छन् । १२९१ मुद्दालाई अज्ञात श्रेणीमा राखिएको छ । सान फ्रान्सिस्कोको अदालतमा पेन्डिङ मुद्दामा ५९८ इन्डिभिजुअल हेयरिङ र ४८१ मास्टर हेयरिङ तोकिएकाहरु छन् । १०२ मुद्दालाई अज्ञात श्रेणीमा राखिएको छ । अमेरिकाभरभने अहिले पेन्डिङ मुद्दामा २५४२ मास्टर हेयरिङ र १५८४ इन्डिभिजुअल हेयरिङ तोकिएकाहरु छन् । अरु १६४६ अज्ञात श्रेणीमा राखिएको छ ।

मुद्दा पेन्डिङ रहेका ५७७२ जनामध्ये ५ हजार २० ले आफ्नो भाषा नेपाली भएको बताएका छन् भने ५३२ ले अँग्रेजी भएको बताएका छन् । ८० जनाले स्पानिस, ५६ जनाले तिब्बती, २७ जनाले हिन्दी, २६ जनाले नेपाली सांकेतिक भाषा, २ जनाले बंगाली, २ जनाले पन्जाबी, २ जनाले फ्रेन्च, २ जनाले खाम र एकजनाले शेर्पा भाषा आफ्नो भाषा रहेको बताएका छन् ।

मुद्दा पेन्डिङ रहेका नेपालीहरुमा १६३१ जना २५ देखि ३४ बर्षका र १ हजार ८६ जना १८ देखि २४ बर्षको बीचका रहेका छन् । ३३ देखि ४४ बर्षको बीचका ७५८ जना रहेका छन् । ४५ देखि ५९ बर्षका ११० जना र ६० बर्षमाथिका १८ जना रहेका छन् । २ हजार ६९ जनाको उमेर खुलाइएको छैन । मुद्दा पेन्डिङ हुनेमा ४ बर्षभन्दा कम उमेरका नेपालीहरु समेत रहेका छन् । ४ बर्षभन्दा कम उमेरका २७ जना, ५ देखि ११ बर्षसम्मका १४ जना र १२ देखि १७ बर्षसम्मका ५९ जना रहेका छन् ।

मुद्दा पेन्डिङ रहेका नेपालीहरुमा ३४०२ जना पुरुषहरु र ३७० जना महिलाहरु रहेका छन् । २ हजार जनाको लिंग खुलाइएको छैन । मुद्दा पेन्डिङ रहेकामध्ये ४२ सय जनाको वकिलले प्रतिनिधित्व गरेका छन् भने १५७२ जनाको कसैले पनि प्रतिनिधित्व गरेका छैनन् । मुद्दा पेन्डिङ रहेका नेपालीहरुमा ३८०३ जनालाई कहिले पनि हिराशतमा लिइएको थिएन भने १९४५ जनालाई हिराशतमा लिएर पछि रिहा गरिएको थियो । २४ जना अहिलेपनि अध्यागमन हिराशतमा छन् ।

woman in gold dress holding sword figurine

पेन्डिङ मुद्दाहरु औषतमा २६ महिनादेखि पेन्डिङ रहेकाहरु छन् । तर राज्य र अदालतको दर भने फरक फरक छ । उदाहरणका लागि मिसिगनमा मुद्दाहरु औषतमा ५ बर्षदेखि पेन्डिङ छन् त्यसमा पनि केही मुद्दाहरु ७ बर्षदेखि पेन्डिङ छन् । नर्दन मारियाना आइल्याण्डमा मुद्दाहरु औषतमा साढे ४ बर्षदेखि पेन्डिङ छन् भने मिनेसोटामा औषतमा इन्डिभिजुअल हेयरिङका मुद्दाहरु १० बर्षदेखि पेन्डिङ छन् । मासाचुसेट्समा साढे ५ बर्षदेखि, न्युयोर्कमा साढे ४ बर्षदेखि र अन्य प्राय राज्यमा औषतमा ४ बर्षदेखि पेन्डिङ छन् । यो औषतमात्र हो, जसमा कुनै कुनै मुद्दाहरु १० बर्षभन्दा लामो समयदेखि र कुनै कुनै पनि केहीदिनदेखिमात्र पेन्डिङमा समेत छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com