गुप्ताको पक्राउपछि घटनाले लियो यस्तो नयाँ मोड 


प्रकाशित मिति : भाद्र २२, २०७३ बुधबार

‘अपराधले अपराधी चिनाउँछ’ भन्ने उखान अपहरण मुद्दामा करिब चार वर्ष जेल सजाय भुक्तान गरी केही महिनाअघि छुटेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताको पक्राउसँगै चरितार्थ भएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले धोवीघाटस्थित रेडरोज इन्टरनेसनल म्यानपावर कम्पनी सञ्चालक एक महिलालाई गुप्ताले धम्की दिई ५० लाख रुपियाँ माग गरेको अभियोगमा सोमबार दिउँसो पक्राउ गरेको हो। उनको पक्राउसँगै उक्त घटनाले अर्कै रूप लिएको छ।

ललितपुर परिसर प्रमुख पिताम्बर अधिकारीका अनुसार रेडरोज इन्टरनेसनल म्यानपावरकी सञ्चालक चितवन भरतपुर–४ घर बताउने ४२ वर्षीय तारा रेग्मी सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाकी गर्लफ्रेन्ड हुन्। अहिले श्रीमती हत्याको अभियोगमा कोइराला जेलमा छन्।

रञ्जन कोइरालाले गरेको श्रीमती हत्या घटनामा मतियारको रूपमा दोषी देखिएकी ताराविरुद्ध जिल्ला अदालत काठमाडौँले २०७१ साल वैशाखमा एक वर्ष जेल सजाय सुनाएको थियो तर उनी अदालतको पूरा सजाय भुक्तान नगरी फरार अपराधीको सूचीमा रहेकी थिइन्। प्रहरीले गुप्तासँगै फरारको सूचीमा रहेकी तारालाई समेत नियन्त्रणमा लिई थप सजाय भुक्तानका लागि कारागार चलान गरेको जनाएको छ। हत्या मुद्दामा ताराले ११ महिना १० दिन जेल सजाय भुक्तान गर्न बाँकी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ।

म्यानपावरका नाममा सर्वसाधारणलाई ठग्ने र गुन्डा प्रयोग गरी कुटपिट गर्नेजस्ता अपराधका घटनामा संलग्न म्यानपावर सञ्चालक तारासँग आर्थिक लेनदेनको विषयमा मनमुटाव बढ्दै गएपछि रूपन्देही भैरहवा घर भई हाल ताल्छीखेलमा बस्दै आएका पूर्वमन्त्री गुप्ताले पटक–पटक ५० लाख रुपियाँ माग गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उमेरले ७० काटे पनि गुप्ताले ५० लाख नदिए तारालाई अपहरण र इज्जत लुट्नेसम्मको धम्की दिएपछि उनी उजुरी दिन आइतबार प्रहरी परिसरमा पुगेकी थिइन्। डिल्लीबजार कारागारमा रहेका रञ्जन र गुप्ताबीच जेलमा राम्रो सम्बन्ध थियो। सोही बेला जेलमा रञ्जनलाई भेट्न जाने क्रममा गुप्ता र ताराबीच पनि चिनजान भएको प्रहरीको भनाइ छ। जेलबाट छुटेलगत्तै तारासँग मिलेर वैदेशिक रोजगारसम्बन्धी गोप्य रूपमा काम गर्दै आएका उनीहरूबीच गत वैशाखबाट विवाद सुरु भएको थियो।

प्रहरीले गुप्ताविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। उनलाई सोही मुद्दामा थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको परिसरका प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले बताए। पीडक भनिएका गुप्ता र पीडित भनिएकी तारासँगै गुप्तालाई रकम माग गर्न सहयोग गर्ने महानगरीय प्रहरी प्रभाग बुङ्मती भैँसेपाटीका प्रमुख प्रहरी निरीक्षक अनिल पाण्डेलाई पनि परिसरले नियन्त्रणमा लिएको छ। पाण्डेलाई मङ्गलबार नियन्त्रणमा लिएको परिसरले जनाएको  गोरखापत्रमा खबर छ।

प्रभाग प्रमुख पाण्डे पनि अपहरण मुद्दामा जेल सजाय भुक्तान गरी रिहा भएका गुप्ताको पछि लागेर रकम माग्न ताराको कार्यालयमा पुगेका थिए। गुप्ताले ताराबाट ५० लाख रुपियाँ उठाइ दिए पाण्डेलाई १० लाख दिने भन्दै ५० हजार अग्रिम भुक्तानी दिएका थिए।

उद्योगपति पवन सङ्घाई अपहरण मुद्दामा चार वर्ष जेल सजाय भुक्तान गरी छुटेका गुप्ताले जिल्लाका कार्यकर्ता तथा छिमेकी युवालाई ताराकै म्यानपावरमार्फत विदेश पठाउने धन्दा सञ्चालन गर्दै आएका थिए तर ताराले कमिसन नदिएको गुनासो गुप्ताको छ। गुप्ताले अपहरण गरेका चर्चित उद्योगपति पवन सङ्घाई पनि फरार अपराधीको सूचीमा छन् ।

प्रहरीको केन्द्रीय लागूऔषध नियन्त्रण ब्युरोले सङ्घाई ग्रुपद्वारा सञ्चालित बारा निजगढको आर्य फर्मा र पाटन औद्योगिक क्षेत्रमा रहेको प्लास्टिक कम्पनीबाट ठूलो मात्रामा लागूऔषध एम्फेटामाइन बनाउन प्रयोग हुने स्युडो बरामद गरेपछि उनी फरार भएको हुन् । उनका दाइ रतनलगायत पाँच जना ब्युरोको हिरासतमा छन् । गुप्ता आपूर्ति मन्त्री हुँदा पेट्रोल पम्प खोल्न स्वीकृति दिएबापत कमिसन नपाएपछि उद्योगपति सङ्घाईको अपहरण गरेका थिए । सो घटनामा संलग्न सबै अपराधिक क्रियाकलापमा संलग्न व्यक्ति नै हुन् । प्रहरी निरीक्षक पाण्डे पनि विभिन्न पटक घुस काण्डमा मुछिएर विभागीय कारबाही भोगेका प्रहरी अधिकृत हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com