अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । त्यो आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएका छन् ।
चीनले नेपालको तर्फबाट भ्रमण सम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपालसम्बन्धप्रति नयाँ सरकारले प्रतिबद्धता नदेखाएको उसको बुझाइसमेत अवगत गराएको थियो । अब चिनियाँ राष्ट्रपति सी २०१६ भित्र नेपाल आउने सम्भावना टरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
‘चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको अनौपचारिक जानकारी आएको छ,’ एक उच्च सरकारी अधिकारीले भने । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा अनौपचारिक जानकारी आएको पुष्टी गरेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।