आँखा पाक्ने रोगको समस्या बढ्ँदो : रोग लागेमा के गर्ने ? कसरी बच्ने ? (टिप्ससहित)


प्रकाशित मिति : श्रावण २१, २०८० आईतबार

केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।

आँखा पाक्ने रोग फैलिएसँगै काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरूमा विरामीको चाप बढेको छ । रोग फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षा सर्तकता अपाउन आग्रह गरेको छ ।

लक्षणहरु :

– आँखा रातो हुने र चिलाउने
– आँखाबाट आँसु बगिरहने वा कचेरा / चिप्रा लाग्ने
– आँखाको ढकनी रातो हुने, सुन्निने
– आँखा बिझाउने/दुख्ने
– घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोकथामका उपायहरु :

भाइरल कन्जंक्टिभाइटिस (आँखा पाक्ने रोग) सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । त्यसैले रोकथामका निम्न उपायहरु अपनाएर आँखा पाक्ने रोगबाट बचौँ।

– संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने
– संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने
– जथाभावी आँखा नछुने। आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने
– व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

भाइरल कन्जंक्टिभाइटिस भइहाले आत्तिनु पर्दैन । यो रोग १ देखि २ हप्तामा आफैँ निको हुन्छ । स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग नगरौँ ।

आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जक्टिभाइटिस लागेमा के गर्ने ?

भाइरल कन्जंक्टिभाइटिस रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैँ निको हुन्छ ।

घरमा स्याहार गर्दा ध्यान दिनु पर्ने कुराहरु :

– बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने ।
– आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने ।
– आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने
– बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने ।
– संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने ।
– प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने ।
– संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।

स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग नगरौँ । दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा उपचारको लागि तुरुन्त स्वास्थ्यसंस्था जाऔँ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com