न्युयोर्कमा छुरा प्रहारबाट सख्त घाइते उबर/लिफ्ट चालक यादव ढुंगेलको सहयोगका लागि गोफण्डमी


प्रकाशित मिति : श्रावण ५, २०८० शुक्रबार

न्युयोर्क सिटीमा गत साता छुरा प्रहारबाट सख्त घाइते ३६ बर्षका लिफ्ट तथा उबर चालक यादव कुमार ढुंगेलको सहयोगका लागि गोफण्डमीमा आर्थिक अभियान सुरु गरिएको छ । राजेश भनेर समेत चिनिने ढुंगेलमाथि एफडीआर ड्राइभमा लिफ्ट चलाइरहँदा गाडीमा चढेका एक व्यक्तिले पटकपटक छुरा प्रहार गरेर कारज्याकको प्रयास गरेका थियो । दुई सन्तान र श्रीमती रहेका ढुंगेलको अवस्था अहिले स्थीर रहेपनि झण्डै ८ महिनासम्म आराम गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

घरमा आम्दानी गर्ने मुख्य व्यक्ति घाइते भएपछि मेडिकल बिल, मोर्गेज पेमेन्ट र अन्य खर्चका लागि सहयोगको आवश्यकता परेको हो । यो समाचार तयार पार्दासम्म जम्मा ४ हजार ६ सय ३२ डलर संकलन भएको छ । छुरा प्रहारबाट सख्त घाइते ढुंगेलको आईसीयुमा उपचार गरिएको थियो । उनको शल्यकृया गरिएको थियो भने दुईदिनपछि स्थीति स्थीर रहेको चिकित्सकले जानकारी दिएका थिए । ढुंगेलको छाती, काँध र हातमा छुरा प्रहार गरिएको थियो ।

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ढुंगेललाई छुरा प्रहार गरेर लुटपाटको प्रयास गर्ने संदीग्ध २० बर्षीय इस्माइल इंग्लिशलाई प्रहरीले पक्राउ गरिसकेको छ । आक्रमणकारीले ढुंगेलको सिटमा बस्ने प्रयास गर्दै कारज्याकको प्रयास गरेको थियो । आक्रमणकारीलाई हत्याको प्रयास, डकैतीको प्रयास, खतरनाक लापरवाही र हतियारको आपराधिक कब्जाको चारवटा अभियोग लगाएको छ ।

घटना गत साताको मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा भएको थियो । एफडीआर ड्राइभको दक्षिणपट्टि म्यानहट्टन ब्रिज एक्जिटमा पुग्दै गर्दा लिफ्टको राइड शेयरमा रहेको इस्माइल इंग्लिशले कारज्याकको प्रयास गरेको थियो । ढुंगेलले अस्वीकार गरेपछि उसले तीनपटकसम्म छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारपछि संदिग्धले एफडीआर ड्राइभमा घटनास्थलबाट भाग्ने प्रयास गरेको र सेतो सेडानमा हामफालेको थियो । अर्को कारमा हामफालेर अर्को ड्राइभरसँग कुश्ती गर्न थालेको थियो । अरू कसैको कारमा चढ्न खोजेपनि अरू कसैको कारमा चढ्न भने सकेन । भाग्ने क्रममा माथिबाट तल साइकल लेनमा हाम्फाल्दा उसको दुबै खुट्टा भाँचिएको थियो ।   त्यसपछि आक्रमणकारीलाई हिराशतमा लिइएको थियो । आक्रमणकारीलाई हिराशतमा लिएपछि बेल्लेभ्यु अस्पताल लगिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com