एकताको सम्मेलनबाट नयाँ नेतृत्व छान्दै २३ औ विश्व आदिबासी दिवश अमेरिकामा 


प्रकाशित मिति : श्रावण ३१, २०७४ मंगलबार

नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको क्यालिफोर्निया शाखा र नेपाल आदिबासी जनजाती महासंघ क्यालिफोर्निया युएसए बिच एकताको अधिबेसन भै अब आगामी दिनहरुमा नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको क्यालिफोर्निया साखाको रुपमा रहेर काम गर्ने गरी अधिबेसनले  देव राईको नेतृत्वमा सर्बसम्मत रुपले संस्थाको नयाँ कार्यसमिती चयन भएको छ । जसमा उपाध्यक्ष  प्रेम लामा, महासचिब गम्बु शेर्पा, सचिब  सुरज पाख्रिन, र कोषाध्यक्ष बुद्ध महर्जन चयन हुनुभएको छ ।  सदस्यहरुमा भुवन थापा मगर,  राजेन्द्र श्रेष्ठ,  नवाङ शेर्पा,  दिपकमान प्रधान, बबित गुरुङ र  गोमा लिम्बु हुनुहुन्छ । २३ औ विश्व आदिबासी दिवशको छेक पारेर आयोजना गरिएको यस कार्यक्रमले दुइ संस्था बिच एकता गराई  बर्षौ देखिको तुष सदाको लागी समाप्त गरेको  छ ।

ऐतिहासिक कार्यक्रमलाई बिशेष रुपले सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका महासंघका केन्द्रिय अध्यक्ष  लुइसाङ्ग वाईबाले महासंघको वर्तमान अवस्था, महत्व तथा आगामी दिनहरुमा यसले नेपाल र नेपालीको बिकाशमा खेल्नु पर्ने भूमिकाको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा नब निर्बाचित कार्यसमितिलाई कार्य सफलताको शुभकामना तथा आफ्नो छोटो मन्तब्य राख्नेहरुमा बिशेष अतिथि  गोपाल खड्की, न्यान्स अध्यक्ष  रबिन्द्र राई, जनसम्पर्कका केन्द्रिय बरिष्ट उपाध्यक्ष धनन्जय नरसिङ केसी, नेवा समाजका पुर्ब अध्यक्ष नारायण सोम्नामे, शेर्पा असोसिएसनका अध्यक्ष आंङ छिरिङ शेर्पा, जनसम्पर्क समिति क्यालिफोर्नियाका अध्यक्ष पूर्ण शेर्पा, निर्बाचन प्रमुख डेकेन्द्र मास्के, समाजका अगुवा बिध्या सागर योञ्जन, समाजसेबी सुरेन्द्र मल्ल तथा पूर्व संयोजक  रोशन सुब्बा लिबांङ हुनुहुन्थ्यो ।  क्यालिफोर्निया राज्यको अलामेदा शहर स्थित वाशिंगटन पार्कमा भएको  कार्यक्रमको संयोजन लाक्पा देण्डी शेर्पाले, संचालन  किलन राईले, मिडिया कबरेज कृष्ण केसीले  तथा अध्यक्षता  रेशम तामांग ले गर्नु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com