गुडिरहेको बस माथी पहिरो ४८ जनाको मृत्यु ५ जनाको उद्धार


प्रकाशित मिति : श्रावण ३१, २०७४ मंगलबार

गुडिरहेको बसमाथि पहिरो खस्दा ४८ जनाको मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेशको मन्डि जिल्लामा बसमाथि पहिरो खसेर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बसमा रहेका पाँच जनाको भने उद्धार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
विगत केही दिनको भारी बर्षापछि पहिरो गएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकका परिवारलाई उचित राहत दिन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com