फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला


प्रकाशित मिति : असार २१, २०८० बिहीबार

फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् ।

ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । ३१ वर्षीय ताम्राकार घरको भ¥याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत फेला परेको उहाँले बताउनुभयो ।

प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । ताम्राकारले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानीलगायतका अभिनय गर्नुभएको थियो । उहाँ हाल चलचित्र ‘ह्यासट्याग माया’ को अभिनयमा ब्यस्त हुनुहुन्थ्यो । घटनाबारे अनुसन्धान भइरहेको एसपी रिजालले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com