चर्चित नेपाली रकगायक तथा अभिनेता रोविन तामाङको निधन


प्रकाशित मिति : असार १९, २०८० मंगलबार

नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रोविन तामाङको निधन भएको छ। ६० वर्षीय उनको मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधन भएको हो।

तामाङको शव घरको बेडरूममै भेटिएको तर उनको निधनको कारण खुलिनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

रोविनकै आधिकारिक फेसबुक पेजमा उनको मृत्यु भएको खबर पोस्ट भएको थियो । उनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरूमा समेत अभिनय गरेका छन् । उनले छड्के, मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौं फिल्महरूमा पनि अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com