नेपालको अति सीमान्तकृत बनकरियाले पढ्ने पहिलो र एकमात्र विद्यालयमा श्रोतको अभाव
प्रकाशित मिति : असार १७, २०८० आईतबार
वनकरिया जाति मकवानपुर जिल्लामा बसोबास गर्ने लोपोन्मुख जाति हो । झट्ट हेर्दा चेपाङ जस्ता होचा‚ रुपरंग‚ शैली र रितीरिवाज समेत उस्तै भएका उनीहरू मकवानपुर जिल्लाको हाँडिखोला गा.वि.स. को ट्वाङ्ग्रा भन्ने स्थानमा घरबार बनाई बसोबास गर्दछन् । केही वर्ष अघिदेखि मात्रै वन छोडेर समाजमा आई बस्न थालेका उनीहरू आफूलाई चेपाङ नभई छुट्टै वनकरिया जाति भएको बताउँछन् । गाउँमा बस्नुअघि उनीहरू चुरेघाँचमा बस्दथे भने उनीहरूलाई वनकरियाको नाममा नागरिकता प्रदान गरिएको छ । उनीहरू हाल २२ घरधुरीमा ९१ जनाको संख्यामा बसोबास गर्दछन् । मकवानपुुरको मनहरी गाउँपालिकामा रहेको पशुपतिनाथ मावि नेपालको अति सीमान्तकृत वनकरिया समुदायको बालबालिका अध्ययन गर्ने नेपालको एकमात्र विद्यालय हो ।
२०६४ सालमा स्थानीय अगुवाहरुले माध्यमिक तहको शिक्षा यसै विद्यालयबाट दिने गृहकार्य सुरु गरे । माध्यमिक तहको पठनपाठन संचालन गर्न भनेको गरिवलाई हात्ति उपहार दिएसरह हो भन्ने मनसायको अभिब्यक्ति तत्कालीन जिल्ला शिक्षा अधिकारीहरुले दिएका थिए । तर, स्थानीय अगुवाहरु माध्यमिक तहको अध्यापन यही विद्यालयमा उपलब्ध गराउन सकेको खण्डमा घरको मीठोमसिनो खाएर आफ्नै गाउँठाउँमा माध्यमिक तहको अध्यापन गर्न पाइने तर्क मनासिव थियो ।
प्राथमिक तहको ५ जना दर्बन्दीका शिक्षकले कक्षा ८ सम्म चलाइरहेको यो विद्यालयमै कक्षा १० सम्म पढ्न पाउने खवरले अभिभावक र बालबालिकाको उत्साह निकै बढ्यो । तर, माध्यमिक तहमा अंग्रेजी, गणित, बिज्ञान, नेपाली, सामाजिकलगायतका बिषय पढाउने शिक्षकको संकट नै थियो । स्थानीयले निजीस्रोतमा शिक्षक ब्यवस्थापन गरेर माद्यमिक तहको पठनपाठन सुुरु गर्न कस्सिए ।
२०२७ सालमा स्थानीय समाजसेबी पशुपति खड्काले नेतृत्व गरी स्थानीयको ब्यक्तिगत खर्चबाट एक जना शिक्षक राखी संचालन गर्न सुुरु गरेको यस विद्यालयलाई २०३२ साल मंसिर १५ गतेका दिन तत्कालीन सरकारले कक्षा १ देखि ३ सम्म संचालन गर्ने अनुमति दिएको थियो । ग्रामीण क्षेत्रमा रहेको यस विद्यालयले करिब ५ दसकदेखि स्थानीय बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारको संरक्षण गर्दै समुन्नत समाज निर्माण गर्ने कार्यमा हरसम्भव प्रयास गर्दै आएको छ ।
नितान्तै कृषि पेशामा आश्रित अभिभावकका ५०० भन्दाबढी बालबालिका यस विद्यालयमा अध्ययन गरिरहेका छन् । नेपालको अति सीमान्तकृत वनकरिया समुदायको बालबालिका अध्ययन गर्ने यो नै नेपालकै एकमात्र विद्यालय हो । स्थानीय दनुवार, राई, चेपाङ, तामाङ र दलित समुदायका अधिकांश बालबालिकाले यसै विद्यालयबाट शिक्षाको उज्यालो ज्योति पाउन सफल भएका विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताए ।

अतिबिपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालय त्यसमा पनि डेढ दसकदेखि माध्यमिक तहको कक्षाहरु निजीश्रोतमा शिक्षक व्यवस्थापन गरेर विद्यालय सञ्चालन गर्नु कम्ति चुनौती थिएन । न्यून पारिश्रमिकमा निजीश्रोतका शिक्षक राखेर कामचलाउ अध्यापन गर्नु यो समुदायको बाध्यता बनेको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले दिएको प्रावि दरबन्दी–६, निमावि राहत शिक्षक–३ र मावि राहत शिक्षक–१ जनाबाहेक अरु सबै समुदायले नै व्यवस्थापन गरिरहेको छ ।
स्थानीय समुदायको सहयोगमा तलब खानेगरी राखिएका ५ जना शिक्षकलाई समयमै तलब उपलब्ध गराउन सधैं धौधौ परिरहेको अवस्था रहेको प्रधानाध्यापक भानुुभक्त आचार्य बताउँछन् । कम्तिमा थप ३ वटा मावि दर्बन्दी (शिक्षक) उपलब्ध हुन सकेको खण्डमा समुदायले सोचेजस्तो गुणस्तरीय शिक्षा दिन सकिन्थ्यो भन्ने मान्यता प्रअ आचार्यको छ । निजीश्रोतमा राखिएका शिक्षकलाई तलब व्यवस्थापन गर्ने समस्यामै रुमल्लिनु परेका कारण विद्यालयमा भौतिक पूर्वाधारको विकास गर्न सकिएको छैन ।
प्राथमिक तह तृतीय श्रेणीको सेवासुबिधा दिएर बिगत डेढ दसकदेखि माविको निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको अवस्था रहेको प्रअ आचार्यले जानकारी दिए । विद्यालयमा व्यवस्थित बिज्ञान प्रयोगशाला, कम्प्युटर शिक्षा प्रशिक्षण गराउन पर्याप्त कम्प्युटर व्यवस्था, बालमैत्री सिकाईका लागि आवश्यक प्रबिधिमैत्री कक्षाकोठा, हातधुने व्यवस्था सहितको पर्याप्त सौचालय, विद्यालय परिसरमा बोटबिरुवा र फूलको सुरक्षाका लागि कम्पाउण्ड वाल निर्माण जसोतसो गरिएको छ तर, पूूरा गर्न सकिएको छैन ।
स्रोत नै नभएको विद्यालयमा ब्यवस्थापकीय क्षेत्रमा उत्कृष्ठ काम गरेको भन्दै गतवर्ष बागमती प्रदेश सरकारले यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमलाई प्रदेशदीप प्रदान गरेको थियो । पछिल्लो ७ बर्षदेखि गौतम लगातार विद्यालय व्यवस्थापन समिति अध्यक्षमा क्रियाशील छन् । बालबालिका र अभिभावकको रोजाइमा परेका अध्यक्ष गौतम अधिकांश समय विद्यालयमा बिताउँछन् । शिक्षकलाई हौसला प्रदान गर्ने, प्रअसँग राम्रो समन्वय गर्ने र बालबालिकाको समस्या नजिकैबाट बुुझ्ने प्रयासमा अध्यक्ष गौतम क्रियाशील छन् ।

अध्यक्ष गौतमको योगदानको कदर गर्दै गाउँपालिकाले गत वर्ष गाउँ शिक्षा समितिको सदस्यमा मनोनित गरेको छ । बभिन्न गैरसरकारी संस्थासँग समन्वय गर्ने, स्थानीय, प्रदेश सरकारको नीति निर्देशन पालना गर्दै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि गौतमको पहल स्थानीय अभिभावकले सकारात्मक मानेका छन् । गाउँपालिका र वडा कार्यालयको समन्वयमा गौतमले एक घण्टा भन्दा टाढाबाट विद्यालय आउनुुपर्ने बाध्यता भएका करिब एकसय १५ बालबालिकालाई साइकल वितरण गर्ने प्रक्रियामा लागेका छन् । स्थानीय सरकारसँग १० लाख रुपैयाँको योजनामा साइकल वितरण गर्न लागिएको अध्यक्ष गौतमले जानकारी दिए ।
विद्यालयमा हाल बनकरिया समुदायको १७ जना, दलित समुदायको ४६, दनुवार, राई, चेपाङ(सिमान्तकृत) १९० जना तथा तामाङ, मुस्लिम र क्षेत्री बाहुन २६१ जना गरी ५१४ जना वालबालिका अध्ययन गरिरहेका छन् । १० कक्षासम्म संचालन भएको विद्यालयमा थोरै विद्यार्थी भएको कक्षामा २५ जना र धेरै विद्यार्थी भएको कक्षामा ९० जनासम्म रहेका छन् । छिमेकी विद्यालय चेपाङ प्रावि, सृजना प्रावि र नवज्योति प्राविबाट ५ कक्षा उत्तीर्ण गरेपछि कक्षा ६ को गन्तब्य विद्यालय यही हो । नजिकै रहेको महेन्द्रज्योति माविमा भन्दा पशुुपतिनाथ मावि छिमेकी विद्यालयका बालबालिकाको रोजाईको विद्यालय बन्दै गएको छ ।
विद्यालयमा नियमित सफा पिउनेपानीको प्रबन्ध गर्न सकिएको छैन । नजिकै कुवाबाट पानी ल्याएर खानुुपर्ने अवस्थालाई अन्त्य गर्न प्रयास भइरहेको अध्यक्ष गौतमले जानकारी दिए । विद्यालयको भौतिक पूूर्वाधारका कुुरामा भन्दा पनि बालबालिकाको सिकाई उपलब्धी बृद्धि गर्नु बढी चुनौतीपूूर्ण रहेको अध्यक्ष गौतमको बुुझाई छ । समुुदायका अभिभावकको आर्थिक अवस्था नै कमजोर रहेका कारण विद्यालय आउने एकचौथाई बालबालिका भोकै विद्यालय आउने गरेको गौतम बताउँछन् ।
अभिभावकले आफ्नो बालबालिकालाई पर्याप्त शैक्षिक सामग्री खरिद गरेर उपलब्ध गराउन सकेका छैनन् । विद्यालयले संचालन गर्ने अतिरिक्त कक्षा, मासिक परीक्षा, अध्ययन अवलोकन भ्रमण जस्ता कुुरामा आर्थिक अभावका कारण सबै बालबालिकाको सहभागिता हुन सकेको छैन । उनीहरुका अभिभावकको आर्थिक क्रियाकलापमा सक्रियता बृद्धि गर्न सरकारले ध्यान दिनुपर्ने अवस्था छ ।

तीनवर्ष अघि एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले ९ कोठे पक्की भवन निर्माण गरेपछि विद्यालयको मुहार फेरिएको छ । समुुदायको लगानीमा निर्मित १३ वटा कक्षाकोठाको पनि प्रवलीकरण गर्ने कार्य अन्तिमचरणमा पुुगेको विब्यस अध्यक्ष गौतमले बताए । भौतिक संरचनामा केही सन्तोष गर्ने ठाउँ बन्दै गएको भएपनि बिज्ञान प्रयोगशाला, बिषयगत प्रयोगशाला, प्रबिधिमैत्री कक्षाकोठा, पर्याप्त शैक्षिक सामग्रीको अभाव, मावि दर्बन्दीको अभाव जस्ता कुराले गुुणस्तरीय शिक्षा प्रदान गर्न चुनौतीपूर्ण रहेको अध्यक्ष गौतम बताउँछन् । जस्तोसुुकै चुनौती आएपनि आगामी लक्ष भनेको गुणस्तरी शिक्षा प्रदान गर्ने नै हो भन्छन् अध्यक्ष गौतम ।
पछिल्लो समय विद्यालयको कक्षाकोठा प्रवलिकरण भएपछि स्थानीय बालबालिकाको रोजाईको विद्यालय बन्दै गएको छ मनहरी–४ मसिनेस्थित पशुुपतिनाथ मावि । हेटौंडा उपमहानगरभित्रका संस्थागत विद्यालयमा पढिरहेका बालबालिकाले पनि बोर्डिङ छोडेर सामुदायिक विद्यालय पशुपतिनाथ माविमा पढ्न रुची देखाउन थालेका छन् । चालुु शैक्षिकसत्रमा बोर्डिङबाट २० जना बालबालिका पशुुपतिनाथ माविमा भर्ना हुुन आएका छन् ।
विद्यालयलाई नमूना बनाउन हरसंभव प्रयास गर्दैछौँ : ब्यवस्थापन समिति अध्यक्ष माधब गौतम
२०२७ सालमा स्थानीय समाजसेवीहरु २७ जनाले गाउँघरका बालबालिकालाई शिक्षा दिनका लागि निजीस्रोतमा शिक्षक ब्यवस्थापन गरेर यो विद्यालय संचालनमा ल्याएका थिए । स्थानीय शिक्षाप्रेमी तथा समाजसेवी पशुपति खड्काको नेतृत्वमा २७ जनाले आफ्नो क्षमता अनुसार सहयोग पनि गरेका थिए । पशुपति पब्लिक प्राइमरी स्कूलको नामबाट बालबालिकालाई शिक्षा प्रदान गर्न थालेको करिब ५ बर्षपछि तत्कालीन सरकारले २०३२ मंसिर १५ गतेदेखि प्राथमिक तहको स्वीकृति प्रदान गरेको थियो । २०५७ सालमा निमावि तहको र २०६५ सालमा मावि तहको स्वीकृति पाएको यस विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक ज्यादै न्यून छ । एकजना मात्र मावि दरवन्दीमा माध्यमिक तहको कक्षा चलाउन स्थानीय अभिभावकलाई निकै कठिन अवस्था छ ।
ग्रामीण क्षेत्रका बिपन्न आर्थिक अवस्थाका अभिभावकका बालबालिकालाई स्थानीयस्तरमै गुणस्तरीय तथा जीवनउपयोगी सीप सहितको शिक्षा प्रदान गर्न यो विद्यालयले स्थापनाकालदेखि नै प्रयास गरिरहेको छ । बिगतका दिनमा काठको बाकलमा चकटी, सुकुलगुन्द्री ओछ्याएर पढ्न बस्ने बालबालिकाले घरबाटै कालोपाटी (सिलोट) र खरी (पिन्छिन) बोकेर पढ्न आउने अवस्थाबाट बामेसर्दै हाल डेक्स बेन्च, सुबिधासम्पन्न कक्षाकोठामा बसेर अध्ययन गर्न सकिने अवस्था सृजना भएको छ । कापीकलम, शैक्षिक सामग्रीको अभावमा विद्यालयमा पठनपाठन छोड्नुपर्ने अवस्था हालका दिनमा छैन र आउन दिने छैनौं । शौचालयको अभावमा घर जानुपर्ने बालबालिकाले अहिले अत्याधुनिक वास सुबिधा भएको शौचालय प्रयोग गर्न पाएका छन् ।

रजश्वला भएका छात्रालाई विद्यालयमा आवश्यकता अनुसार सेनिटरी प्याड उपलब्ध छ । प्याड फेर्ने कोठा, बिसर्जन गर्ने स्थान ब्यवस्थित रुपमा संचालनमा छ । विद्यालयको सप्रअ सुशील गौतमलाई सूचना अधिकारी तोकिएको छ । साथै शिक्षकहरुलाई क्रियाशील बनाउन बिषयगत जिम्मेवारी बाँटफाँड गरिएको छ ।
मकवानपुरको हाँडीखोलामा मात्रै बसोबास गर्ने अतिसीमान्तकृत, लोपोन्मुख वनकरीया समुदायका बालबालिका अध्ययन गर्ने एक मात्र यस विद्यालयमा सीमान्तकृत चेपाङ, तामाङ, दनुवार राई, दलित, जनजाति सहित ५१४ जना बालबालिका हाल अध्ययन गरिरहेका छन् । पूूर्बपश्चिम राजमार्गसँग जोडिएको गाउँपालिका भएर पनि नितान्त कृषिपेशा र ज्यालामजदुरीमा आश्रित यहाँका अभिभावकको आर्थिक अवस्था कमजोर रहेका कारण निजीस्रोतमा शिक्षक ब्यवस्थापन गर्न चुनौती छ ।
अभिभावक बिहिन बालबालिकालाई विद्यालय ब्यवस्थापन समितिले नै अभिभावकत्व प्रदान गरी शिक्षा पाउने नैसर्गिक अधिकारप्रति सम्वेदनशील रहेका छौं ।
स्थानीय सरकारसँग प्रत्यक्ष वा परोक्ष रुपमा समन्वय गरी विद्यालयको हितमा काम गर्ने प्रयास भइरहेको छ । शिक्षक वर्गलाई कक्षाकोठामा प्रवेश गर्दा उच्च मनोबलका साथ प्रवेश गर्न सक्ने वातावरण सृजना गरी बालबालिकालाई समय सापेक्ष जीवनउपयोगी र गुणस्तरीय शिक्षा प्रदान गर्न हरसम्भव प्रयास गर्न प्रतिबद्ध छौं । आगामी दिनमा विद्यालयलाई आकर्षक बनाउँदै बालबालिकालाई विद्यालयमा टिकाउने, सिकाउने र बिकाउने कार्यमा आवश्यक पर्ने भौतिक पूूर्वाधारहरु तयार गर्दै जाने लक्ष्य छ ।
सिमान्तकृत बनकरिया अध्ययन गर्ने नेपालको पहिलो विद्यालय : प्रधानाध्यापक भानुभक्त आचार्य
ग्रामीण क्षेत्रमा रहेको यस विद्यालयले करिब ५ दसकदेखि स्थानीय बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारको संरक्षण गर्दै समुन्नत समाज निर्माण गर्ने कार्यमा हरसम्भव प्रयास गर्दै आएको छ । नेपालको अति सीमान्तकृत वनकरिया समुदायको बालबालिका अध्ययन गर्ने यो नै नेपालको एकमात्र विद्यालय हो । स्थानीय दनुवार राई, चेपाङ, तामाङ र दलित समुदायका अधिकांश बालबालिकाले यसै विद्यालयबाट शिक्षाको उज्यालो ज्योति पाउन सफल भएका छन् ।
अति बिपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालय त्यसमा पनि १५ बर्षदेखि माध्यमिक तहको कक्षाहरु निजीश्रोतमा शिक्षक व्यवस्थापन गरेर विद्यालय सञ्चालन गर्नु कम्ति चुनौती छैन । न्यून पारिश्रमिकमा जिनीश्रोतका शिक्षक राखेर कामचलाउ अध्यापन गर्नु यो समुदायको बाध्यता हो । प्रावि दरबन्दी–६, निमावि राहत–३ र मावि राहत–१ जना बाहेक अरु सबै समुदायले नै व्यवस्थापन गरिरहेका छन् । स्थानीय समुदायको सहयोगमा तलब खानेगरी राखिएका ५ जना शिक्षकलाई समयमै तलब उपलब्ध गराउन सधैंभरि धौधौ परिरहेको अवस्था छ ।

विद्यालयमा व्यवस्थित बिज्ञान प्रयोगशाला, कम्प्युटर शिक्षा प्रशिक्षण गराउन पर्याप्त कम्प्युटर व्यवस्थापन, बालमैत्री सिकाइका लागि आवश्यक पूूर्वाधार, फर्निचर जस्ता जरुरी र महत्वपूर्ण पूर्वाधारका लागि विव्यसको टिम अहोरात्र खटिरहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकार, केन्द्रीय आयोजना कार्यान्वयन ईकाई, जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाले ९ कोठे भवन निर्माण र १३ वटा कक्षाकोठाको प्रवलीकरण गरेपछि विद्यालयको मुुहार नै फेरिएको छ ।
विद्यालयमा अध्ययन गर्ने बालबालिका स्क्रिनमैत्री बन्दै गएको र हाम्रो परम्परागत चक डस्टर बिधि अबको दिनमा अनुपयुक्त भएका कारण विद्यालयमा प्रबिधिमैत्री पठनपाठनका लागि हाम्रो अभियान जारी छ । विद्यालयलाई प्रबिधिमैत्री बनाएर बालबालिकाको चाहना बमोजिमको शिक्षा प्रदान गरी कक्षाकोठामा बालबालिकालाई आकर्षित गर्न विभिन्न सरोकारवाला निकायसँग छलफल चलिरहेको छ ।
विद्यालयले आफ्नो स्रोत नक्शाङ्कन गरी विद्यालय सुधार योजनामा बिपद् व्यवस्थापन कार्ययोजना तयार गरेको छ । विद्यालयले बालसंरक्षण नीति–२०७६ निर्माण गरी लागू गरेको छ । विद्यालयको अतिरिक्त आयश्रोत व्यवस्थापनका लागि विद्यालय नजिकै रहेको गोलघरमा ब्यवसायिक भवन निर्माण गरी भाडामा लगाएर अतिरिक्त आयस्रोत ब्यवस्था गर्ने योजना बनाएको छ । विद्यालयले आफ्नै शैक्षिक क्यालेण्डर निर्माण गरी प्रयोगमा ल्याएको र आधार विद्यालयमा समेत बितरण गरिएको छ ।
विद्यालय सेवाक्षेत्रका आधार विद्यालयहरु समेत समेटेर विद्यार्थीलाई सचेतनामूूलक कार्यक्रम गरिएको छ । विद्यार्थी, शिक्षक, अभिभावक आचारसंहिता निर्माण गरी आधार विद्यालयमा पनि लागू गरिएको छ । फूलबारी, करेसाबारी निर्माण थालनी गरिएको छ । कोभिड–१९ महामारीको समयमा पनि घरदैलो शिक्षण अभ्यास गरिएको थियो । विद्यालयको १३ वटा कक्षाकोठाको प्रवलीकरण कार्य अन्तिमचरणमा छ । एक महिना भित्रमा यो कार्य सम्पन्न हुनेछ । अत्याधुुनिक सुबिधासम्पन्न भवनमा कक्षाकोठा संचालन गर्ने कार्य भएको छ । एक घण्टा भन्दा बढी समय लगाएर विद्यालय आउनुुपर्ने विद्यार्थीलाई गाउँपालिका तथा प्रदेश सरकारको सहयोगमा साइकल प्रदान गर्ने तयारी गरिएको छ ।
बालमैत्री शिक्षण बिधि अपनाइएको छ: सरस्वती वनकरिया, कक्षा ७
हाम्रो विद्यालयमा कक्षाकोठा राम्रो बन्दै गएको छ । हामीलाई सँधै विद्यालय जाउँ जाउँ लाग्ने बन्दै गएको छ । सर र मिसहरुले पनि पढ्ने विद्यार्थीलाई माया गर्नुहुन्छ । नपढ्ने र गृहकार्य पनि नगर्ने विद्यार्थीलाई भने कहिलेकाँही कडाई गर्ने गरिएको छ । वनकरिया समुदाय शिक्षामा पछाडि परेको थियो । पशुपतिनाथ माविबाट हालसम्म ६जनाले एसएलसी र एसइई उत्तीर्ण गरिसकेका छन् । पम्फा, मालती, अनिल, आरती, फूलमाया, बिष्णुमायाले यसअघि नै माध्यमिक तहको कक्षा उत्तीर्ण गरी उच्चशिक्षा आर्जन गरिरहेका छन् ।

पम्फा र आरतीले त जागिर पनि खान थालेका छन् । हामीले पनि पढेर जागिर खान पर्छ । भाइबहिनीहरुलाई सँधै विद्यालय जानका लागि सम्झाउने, बुुझाउने गर्छुु । हाम्रो घरबाट स्कुुल जान साना भाइबहिनीलाई एक घण्टा लाग्छ तर, अलि ठूूलालाई पौने घण्टा लाग्छ । कक्षा ६सम्म स्कूलमै दिवाखाजाको ब्यवस्था भएपछि सबै स्कूूल जान रुचाउने गरेका छन् । हामी कक्षामा मिहेनत गरेर पढ्ने गरेका छौं । सबै सरमिसहरुले राम्रोसँग पढाउनुहुन्छ । बालमैत्री कक्षा कस्तो हुन्छ भन्ने थाहा थिएन । एकदिन स्कूूलमा बालअधिकारको तालिममा सहभागी हुने अवसर पाएपछि मैले सबै कुुरा बुुझें । तालिममा भनेजस्तै बालमैत्री कक्षा छ भन्ने मलाई लाग्छ । हाम्रो समुुदायमा अभिभावकहरु शिक्षित नभएका कारण दुुख पाएका रहेछन् तर, हामीले शिक्षा लिएर हाम्रो भबिष्य उज्ज्वल बनाउनुपर्छ भन्ने लाग्छ ।
स्कूलमा धेरै रमाइलो लाग्छ: रोशनी चेपाङ, कक्षा ९
हाम्रो स्कूलमा कक्षामा पढाईसँगै खेलकुुद, नाचगान, हाजिरीजवाफ, बक्तृत्वकला, सरसफाई ¥याली जस्ता धेरै कार्यक्रम हुने गरेको छ । हामीले कितावमा भएको भन्दा बाहेकका ब्यवहारिक ज्ञान पनि स्कूलमा पाएका छौं । सरहरुको माया पनि पाएका छौं । हामीलाई सरमिसहरुले धेरै माया गर्नुहुन्छ । नजानेको कुरा सिक्नका लागि प्रेरणा दिनुहुुन्छ ।

भविष्यमा असल मान्छे बन्नुपर्छ भन्नुुहुुन्छ । विद्यालयको अध्यक्ष अंकलले पनि सबै विद्यार्थीको समस्या सुन्ने र समाधान गर्ने गर्नुभएको छ । अध्यक्ष अंकल दिनदिनै स्कूल आउने र घण्टी खाली भएको कक्षामा ब्यवहारिक ज्ञानगुनका कुरा सिकाउनु हुुन्छ । हामीलाई कुनैपनि समस्या आयो भने भन्नुु है भनिरहनुहुुन्छ ।
स्कुलमा फूल रोप्ने, त्यसमा पानी हाल्ने काम अध्यक्ष अंकलले गरिरहनुुभएको बेलामा हामी पनि सघाउँछौं भनेर जाने गरेका छौं । टाढाबाट आउने साथीहरुलाई सजिलो होस् भनेर स्कूलले साइकल बाँड्ने तयारी गरिरहेको छ । हाम्रो स्कुल राम्रो स्कुल बनाउनुपर्छ भनेर शिक्षकहरुले सँधै भन्ने गर्नुभएको छ ।






