यसरी गर्नुहोस् एनआरएन अमेरिकामार्फत बाढीपीडितलाई सहयोग
प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

नेपालका विभिन्न स्थानमा भारी वर्षाको कारण बाढी र पहिरोले धेरै धनजनको नोक्सानी भएको अवस्थामा एनआरएन अमेरिकाले एनआरएनए राहत कोषका लागि राहत संकलन अभियान सुरु गरेको छ । तीन दर्जन भन्दा धेरै नेपालीहरुले ज्यान गुमाएको र कैयन बेपत्ता भएको सन्दर्भमा राहत संकलन अभियान सुरु गरिएको हो ।
यो अवस्थामा एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलले एक वक्तब्य जारी गरी मातृभूमिको यो आपतमा प्रवासमा बसेका सबै प्रवासीहरू नेपालीहरुको साथमा रहेको विश्वास दिलाउन चाहेको बताएका छन् । यसका लागि एन आर एन अमेरिकाले आबश्यक आर्थिक र भौतिक सहयोग गर्न आबश्यक कदम चालिसकेको र यो विपतमा तत्काल सहयोगको लागि आर्थिक श्रोत जुटाउन आबश्यक प्रकृया चालिसकेको उनले जनाएका छन् ।